२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

विभिन्न माग राख्दै अखिल (क्रान्तिकारी)ले भैरहवा बहुमुखी क्याम्पसलाई बुझायो ज्ञापनपत्र

बिहिवार , मंसिर २३, २०७८

भैरहवा, २३ मंसिर ।
नेकपा नेकपा (माओवादी केन्द्र)  निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिले विभिन्न २० बुंदे माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राख्दै क्याम्पस प्रमुख अनिल कुमार झालाई बिहीबार ज्ञापनपत्र बुझाइएको अखिल (क्रान्तिकारी)भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । 

विश्वविद्यालयबाट पार्टटाइमलाई स्वतः करार र करारलाई स्थायी गर्ने प्रक्रियालाई बढाउने गरी त्रि.वि. सिनेटले गरेको निर्णय तत्काल अघि नबढाउने प्रक्रिया अघि बढाउन पहल गर्नुपर्ने, बी.बी.ए. एम.बी.एस., सी.एस.आई.टी., बी.सी.ए., एम.बी. एस. जस्ता विषयलाई तत्काल नियमित सरह शुल्कको व्यवस्था गर्नुपर्ने, त्रि.वि. र अखिल क्रान्तिकारीबीच भएको सहमति तत्काल छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, सिफ्ट सिस्टमको व्यवस्थापनलाई कडाईको साथ लागू गर्नुपर्ने, स्थायी र करार प्राध्यापक त्रि.वि. नियमावलीविपरीत बाहिरी शैक्षिक संस्थाको प्रमुख वा कोडीनेटर भएकाहरुलाई तत्काल कारवाही गर्नुपर्ने, बी.एस.सी. का विद्यार्थीहरुको लागि तत्काल वेटनिकल गार्डेनको व्यवस्था गर्नुपर्ने, क्याम्पसका सबै शौचालयहरु छात्र, छात्रामैत्री बनाउनुपर्ने र हरेक भवनमा सेनेटरी प्याड, बेसिन मेसिन राख्नुपर्ने, अनलाइन कक्षाको पहुँचमा सम्पूर्ण विद्यार्थीहरु नभएको र हाल भौतिक रुपमा कक्षा सञ्चालन नभएपछि पुनः रिवाइज कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने अखिल (क्रान्तिकारी)ले माग गरेको छ ।

त्यस्तै क्याम्पसको खेलमैदान व्यवस्थित गर्दै बास्केटबल, टेबलटेनिस, भलिबल र ब्याडमिन्टनको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दीको समयमा लागेको पुस्तकालको विलम्ब शुल्क लिएकाले उक्त शुल्क फिर्ता गर्नुपर्ने, शिक्षक तथा कर्मचारीहरुको हाजिरीलाई व्यवस्थित गर्नुपर्ने, कोभिड–१९ विरुद्धको खोप हरेक विद्यार्थीलाई तत्काल व्यवस्था मिलाउनुपर्ने, प्रत्येक कक्षा कोठामा बिजुली, पानी, पर्दा र डस्टबिनको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा कर्मचारी र प्राध्यापक नियुक्ति गर्दा खुल्ला प्रतिष्पर्धाको आधारमा हुने व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ ।

स्वास्थ्य बीमा भनेर क्याम्पसले विद्यार्थीसंग शुल्क उठाइरहेको तर क्याम्पसले नजिकको स्वास्थ्य संस्थासंग साझेदारी गरेर कार्यक्रमलाई विद्यार्थीमाझ पुर्याउन नसकेको कारण अविलम्ब नजिकको अस्पतालसंग सम्झौता गर्ने प्रक्रिया अगाडी बढाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै क्याम्पसको भवनहरु जीर्ण भएकाले भौतिक संरचना निर्माणमा विशेष पहल गर्नुपर्ने, क्याम्पस कमाउण्ड वाललाई निर्माण गरी क्याम्पसको जमिनलाई संरक्षित र व्यवस्थित प्रयोग गर्नुपर्ने, गुणस्तरीय पुस्तकालय स्थापनमा पहल गर्नुपर्ने तथा छात्रावासको भारलाई वृद्धि गर्दै छात्रावास युसीएमएसलाई लिजमा दिएको तत्काल सम्झौता स्थगित गरी क्याम्पसका विद्यार्थीलाई प्रदान गर्नुपर्ने संगठनको माग छ ।

संगठनले उठाएका मागहरु सम्बोधन गर्न क्याम्पस प्रशासनले आलटाल गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न क्याम्पस प्रशासन तयार हुनुपर्ने अखिल (क्रान्तिकारी)ले चेतावनी समेत दिएको छ ।