२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

महोत्सवमा रोक लगाउनुपर्ने अवस्था आउन सक्छ : मुख्यमन्त्री केसी

बिहिवार , मंसिर २३, २०७८

तुलसीपुर, २३ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर व्यापारिक केन्द्र भएकाले यसको विकास आवश्यक भएको बताएका छन् ।

चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न सके यहाँको भविष्य उज्जवल हुने बताए । उनले मेला महोत्सव सार्वजनिक समारोह भएकाले सार्वजनिक हित, सांस्कृतिक प्रभाव, बजार व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने बताए । मुलुकमा कोरोनाको अर्को भेरियन्ट आइसकेको भन्दै जनताको जीवनलाई सहज बनाउनका लागि महामारीको जोखिम हेरेर महोत्सवमा रोक लगाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

महोत्सव मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्याराग्लाइडिङ, विभिन्न जातजातिका खानाका परिकार, विदेशी गाडी, मोटरसाइकलको स्टल तथा एक्सचेन्ज अफर, कृषि, घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शन एवं विक्रीवितरण हुनेछ । अटो मोबाइल प्रदर्शनी पनि हुने मूल आयोजक समिति संयोजक शम्भु रेग्मीले बताए । महोत्सव तुलसीपुर–६ बरुवागाउँमा सञ्चालन भएको छ । रासस