images

शुक्रवार, बैशाख २१ गते २०८१

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

images
images
images
शुक्रवार, मंसिर २४ २०७८
शुक्रवार, मंसिर २४ २०७८
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, २४ मंसिर ।
    सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १ सय ले ओरालो लागेको छ ।  अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार २०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।

    images
    images
    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १८५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij