images

शुक्रवार, बैशाख २१ गते २०८१

अभिरुची साकोसको ११ औं साधारणसभा सम्पन्न

अभिरुची साकोसको ११ औं साधारणसभा सम्पन्न

images
images
images
शनिवार, मंसिर २५ २०७८
शनिवार, मंसिर २५ २०७८
  • अभिरुची साकोसको ११ औं साधारणसभा सम्पन्न

    भैरहवा, २५ मंसिर ।
    अभिरुची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाले बाउन्नकोटी सामूदायिक बन चिल्हियामा विभिन्न १० वटा प्रस्तावहरु पारित गर्दै साधारण सभा गरेको हो ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बचत तथा ऋण लगानीमा केन्द्रित नभई सहकारीले उत्पादनशील क्षेत्रमा दीर्घकालिन योजना बनाएर जानु पर्ने बताए । उनले सहकारीलाई उत्पादन पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने भएकोले बहुवर्षिय कार्ययोजना बनाएर लगानी गर्न आग्रह गरे । संस्थाको चौतर्फी विकासका लागि सहकारीले केवल मुनाफा नभइ सेवामुलक कार्यक्रममा समेत जोड दिनुपर्ने उनको भनाइ थियो र

    विशिष्ट अतिथि लेखाविद् लक्ष्मण पौडेलले सहकारीले सम्पूर्ण शेयर सदस्यको जीवनयापनमा सहजता ल्याउने भएकोले सहकारीको विकासका लागि सम्पूर्ण शेयर सदस्य सक्रिय भएर लाग्न आवश्यक रहेको बताए । सहकारीहरु संख्यात्मक भन्दा गुणात्मक तरिकाले वृद्धि भइ साधारण सदस्यहरुको जीवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने, सहकारीबाट ठूलो आमुल परिवर्तन हुने सम्भावना रहेकोले समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । 

    ११ वर्ष अघि स्थापित संस्थाले सहकारीले शिक्षा सहुलियत कर्जा, चाडपर्व बचत, आल्पकालिन कर्जा, लघु महिला उद्यमी कर्जा, बाल बचत, शेयर सदस्यको स्वास्थय तथा दुर्घटना बिमा, सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ । 

    संस्थाका अध्यक्ष जीवनप्रकाश पाण्डेले संस्थाको वर्षभरीको गतिविधिसहितको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समिति संयोजक मोहम्मद सलिमले आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    २०६७ सालमा ४४ जनाबाट स्थापना भएको संस्थामा हाल १४२ जना महिलासहित २ सय ५० सदस्य रहेका छन् । संस्थाको कुल शेयर पूँजी २ करोड ३८ लाख रहेको छ भने सस्ंथाले २२ लाख ८९ हजार शुद्ध बचत गरेको अध्यक्ष पाण्डेले बताए ।

    संस्थाले यस वर्ष मात्रै २ करोड ३७ लाख १७ हजार ५ सय १४ ऋण लगानी गरेको छ । त्यस्तै कोरोना महामारीलाई मध्यनजर गर्दै ऋणीहरुलाई ४ लाख बढी ब्याजमा छुट दिएको छ । सस्ंथाका सचिव उमेश भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij