images
images

शुक्रवार, जेठ ४ गते २०८१

उद्योग व्यापार संगठनमा उद्यमी महिला उप–समिति गठन

उद्योग व्यापार संगठनमा उद्यमी महिला उप–समिति गठन

images
images
images
मंगलवार, मंसिर २८ २०७८
मंगलवार, मंसिर २८ २०७८
  • उद्योग व्यापार संगठनमा उद्यमी महिला उप–समिति गठन

    भैरहवा, २८ मंसिर ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श, रुपन्देही) मा उद्यमी महिला उप–समिति गठन गरिएको छ । मंगलबार सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उप–समिति गठन गरिएको हो ।

    images
    images
    images

    विन्दु न्यौपानेको अध्यक्षतामा उद्यमी महिला उप–समिति गठन गरिएको संगठनले जनाएको छ । जसको निवर्तमान अध्यक्षमा उषाकिरण गुरुङ, उपाध्यक्षमा माया शर्मा खनाल, मिनिता थापा क्षेत्री, सचिवमा कल्पना न्यौपाने, सह–सचिवमा पवि खनाल, कोषाध्यक्षमा लक्ष्मी अधिकारी र सह–कोषाध्यक्षमा जमुना लिगल रहेका छन् । त्यस्तै सदस्यहरुमा बबिता मिश्रा, सुनिता ज्ञवाली, मीना तामाङ, उषा बेल्बासे, सीता आचार्य पौडेल, विजया गिरी, विष्णु पाण्डे, सविता रसाइली, सरु भट्टराई, सुस्मिता कोइराला, सुरक्षा क्षेत्री, माया भण्डारी र सावित्रा भण्डारी रहेका छन् । त्यस्तै सल्लाहकारमा ज्ञानु पौड्याल र सीता भण्डारी रहेका छन् ।

    कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले २०६३ सालमा स्थापना भएको संगठनले मेला/महोत्सवका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले हालै मात्र संगठनले मर्चवार र सियारीमा सम्पर्क कार्यालय स्थापना गरेको बताए । 

    संगठनका सल्लाहकार ज्ञानु पौड्यालले उद्यमी महिलाहरुको नेतृत्वसीप क्षमताको विकासको लागि तालिम सञ्चालन गरिने बताइन् । उनले संगठनको वार्षिक कार्ययोजना सफल बनाउन उद्यमी महिला उपसमिति लाग्नुपर्नेमा जोड दिइन् ।

    संगठनका सल्लाहकार उषाकिरण गुरुङले महिलाहरु जागरुक बन्नुपर्ने बताइन् । उनले काम सिक्दै महिलाहरु अगाडी बढ्नुपर्ने बताइन् ।

    उद्यमी महिला उप–समितिका निवर्तमान अध्यक्ष उषाकिरण गुरुङको अध्यक्षता, संगठनका कार्यसमिति सदस्य माया शर्मा खनालको स्वागत, विन्दु न्यौपाने र कल्पना न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, कार्यसमिति सदस्य लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij