२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

नेपाल बैंक शान्तिपुरद्वारा वित्तीय साक्षरता कार्यक्रम

मंगलवार , मंसिर २८, २०७८

बुटवल, २८ मंसिर ।
नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाले चन्द्रकोट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाका शाखा प्रबन्धक तथा कर्मचारी, चन्द्रकोट क्याम्पसका विद्यार्थी र प्राध्यापक गरी ६० जना सहभागी थिए ।

कार्यक्रममा बैंकमा हुने सक्ने जोखिमको बारेमा शाखा प्रबन्धक सुर्यराज गौतमले सहभागीहरुलाई जानकारी गराएका थिए । 

त्यस्तै नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक दिनेश नेपालले बचत गर्ने तरिका, बैंकिङ कारोबार गर्ने तरिकाको बारेमा तथा बैकद्वारा दिइने सुविधाको बारेमा जानकारी गराएका थिए ।