images
images

शुक्रवार, जेठ ४ गते २०८१

भैरहवामा आजदेखि रेनोको एक्सचेन्ज कार्निभल मेला 

भैरहवामा आजदेखि रेनोको एक्सचेन्ज कार्निभल मेला 

images
images
images
बुधवार, मंसिर २९ २०७८
बुधवार, मंसिर २९ २०७८
  • भैरहवामा आजदेखि रेनोको एक्सचेन्ज कार्निभल मेला 

    भैरहवा, २९ मंसिर ।
    रेनोको नेपालका लागि आधिकारिक वितरक, एडभान्स अटोमोबाइल्स प्रा.लि.ले एक्सचेन्ज कानिर्भल शुभारम्भ गरेको छ । यो कार्निभल मंसिर २९ देखि पुस ४ गतेसम्म सञ्चालन हुनेछ । कार्निभल रेनोको भैरहवास्थित आधिकारिक शोरुमा भैरहवा अटो कम्पनीमा सञ्चालन हुने मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

    images
    images
    images

    भैरहवा अटो कम्पनीका प्रबन्ध निर्देशक हरि बहादुर थापाले कार्निभलमा रेनोको क्वीड तथा ट्राइबर मोडलसंग एक्सचेन्जको सुविधा उपलब्ध हुने बताए । उनले यो अफर अन्तर्गत रेनो क्वीड वा ट्राइबर एक्सचेञ्ज तथा खरिदमा स्पष्ट एक्सचेञ्ज र भ्यालुएसको सुविधा पनि रहेको बताए ।

    ‘रेनोको ग्राहकहरुले फ्रि चेकअप र कार वाश पनि गराउन सक्नेछन्, यो कार्निभलमा ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परहरु पाउनुको साथै विशेष नगद छुटको लाभ पनि उठाउन सक्नहुनेछ, ’थापाले भने ।

    कार्निभलमा ग्राहकहरुको लागि फुड स्टल र रिफ्रेशमेन्टको पनि व्यवस्था गरिएको उनले बताए । अब पुराना गाडीहरु एक्सचेन्ज गरी क्वीड वा ट्राइबर चढ्न उनले आग्रह गरे । ‘कोभिड महामारीका कारण उत्पन्न परिस्थितिले कतिपय महानुभावले गाडी चढ्न सक्नुभएको छैन्, गाडी चढ्न सहजता होस् भन्ने उद्देश्यका साथ उहाँहरुलाई प्रोत्साहन गर्दै थप सुविधा दिन सकियोस् भन्ने उद्देश्यले पाँच दिनसम्म कार्यक्रम सञ्चालन गरिनेछ, ’उनले भने ।

    कार्यक्रम संयोजक चन्द्रकान्त भट्टराईको स्वागत तथा इभेन्ट नेपाल एण्ड एडर्भटाइजिंग प्रा.लि.का निर्देशक हिरामणि तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 



    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij