images

सोमवार, बैशाख २४ गते २०८१

आलोपालो मेला चलाउन बुटवल उपमहानगरपालिकासंग सहमति 

आलोपालो मेला चलाउन बुटवल उपमहानगरपालिकासंग सहमति 

images
images
images
शुक्रवार, पौष २ २०७८
शुक्रवार, पौष २ २०७८
  • आलोपालो मेला चलाउन बुटवल उपमहानगरपालिकासंग सहमति 

    बुटवल, २ पुस । 
    आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाका सम्बन्धमा बुटवल उपमहानगरपालिकासंग ४ वटा व्यवसायिक संस्थाको छलफल भएको छ । मेला आयोजक संस्था उद्योग ब्यापार संघ बुटवल, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघ र बुटवल उपमहानगरपालिकाबीच बिहीबार छलफल भएको हो । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका कार्यालयमा भएको छलफलमा बुटवलमा पुस महिनामा आयोजना हुने औद्योगिक प्रदर्शनी एवं व्यापार मेलाहरु बुटवलमा क्रियाशील चारवटा व्यववसायिक संस्थाले पालैपालो गर्ने सहमति भएको उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले जानकारी दिए । उपमहानगरपालिकाले चार वटै संस्थालाई समान व्यवहार र अभिभावकत्व प्रदान गर्नुपर्ने भएकाले चारवटै संस्थाबीच सौहार्दपूर्ण रुपमा पालैपालो मेला आयोजना गर्ने सहमति बनेको खनालले बताए । 

    छलफलमा यसपटक उद्योग ब्यापार संघ बुटवलले आयोजना गरेको मेलालाई अन्य तीनवटा संस्था र बुटवल उपमहानगरपालिकाले पनि सहयोग गर्ने समझदारी भएको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले जानकारी दिए । 

    छलफलमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, पूर्व अध्यक्ष एजाज आलम, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, उपाध्यक्ष जीवकान्त काफ्ले, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बुटवलमा सञ्चालन हुने औद्योगिक प्रदर्शनी र व्यापार मेलालाई गुणस्तरीय र सफल बनाउन आपसी सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij