
बुधवार , पौष ७, २०७८
बुटवल, ७ पुस ।
बुटवलमा पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको बिहीबार दिउँसो २ बजे उद्घाटन हुने भएको हो । मेलाका अवलोकनकर्ता र अतिथिहरुलाई अटोमेटिक टनेलबाट स्यानिटाइजर र मास्क अनिवार्य गरेर प्रवेश गराउने आयोजकले व्यवस्था गरेका छन् ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ सञ्चालन हुने मेलाको दिउँसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए । उद्घाटनअघि बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झाँकीसहितको ¥याली निकालिने अध्यक्ष गैरेको भनाइ छ ।
मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका करिब ४ सय ७० स्टल रहने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । मेलामा महिला उद्यमी, हस्तकला, कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
मेला सम्पन्न गर्न अस्थायी संरचनाहरु निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेलामा रहने मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा दर्शकको उत्साहजनक उपस्थिति रहने र ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको उनले बताए ।
मेलामा मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए । दुई वर्षसम्म मेला महोत्सव नहुँदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा व्यापार मेलाले टेवा पु¥याउने प्रचारप्रसार संयोजक जनेश पन्थीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij