
आइतवार , पौष ११, २०७८
बुटवल। रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडको १६औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ।
जिल्लाका २७८ सहकारी सस्थाहरुको छाता सस्थाको रुपमा रहेको संघको साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रमे प्रसाद आर्चायले सहकारीले गरिवी न्युनिकरणमा ठुलो काम गरेको बताए। उनले सहकारीलाई थप उद्यमशिलतामा समेत जोडिनु पर्नेमा जोड दिएको बताउदै आर्थिक उन्नयनमा जोड दिए।
सो अबसरमा बोल्दै सस्थाका सल्लाहकार तिलकराम पौडेल, हिमचुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सचिव दीपक घिमिरे, केन्द्रिय दुग्ध सहकारी संघका सदस्य हरि काफ्ले, जिल्ला सहकारी संघका कोषाध्यक्ष दामोदर पंगेनी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष बिष्णु बस्याल लगाएतले बोल्दै समग्र सहकारी क्षेत्रको बिकासका लागि संघले काम गर्नु पर्नेमा जोड दिए।
उनीरुहले रुपन्देहीलाई सहकारी क्षेत्रको हवको रुपमा बिकास गर्नु पर्नेमा जोड दिदै त्यसका लागि नीतिगत रुपमा समेत काम गर्नु पर्नेमा जोड दिए।
साधारण सभामा सस्थाका सचिव सन्दीप सापकोटाले सस्थाको बार्षिक प्रगती तथा कार्योजना प्रतिवेदन, लेखा सपरिवेक्षण समितिका संयोजक कृष्णप्रसाद पाण्डेले लेखा प्रतिबेदन, कोषाध्यक्ष खेमराज पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। उनहरुले पेश गरेका प्रतिबेदनहरु सम्सोधन सहित पारित भएका थिए।
सस्थाका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता, उपाध्यक्ष कृष्ण चौहान क्षेत्रीको स्वागत तथा सचिव सन्दिप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा संघका उपाध्यक्ष चौहानको संयोजनामा प्रकासित सहकारी बुलेटिनको बिमोचन समेत गरिएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij