images
images

आइतवार, जेठ ६ गते २०८१

भैरहवामा अंग्रेजी नयाँ वर्षमा ‘म्यूजिकल मेला’ हुँदै

भैरहवामा अंग्रेजी नयाँ वर्षमा ‘म्यूजिकल मेला’ हुँदै

images
images
images
बुधवार, पौष १४ २०७८
बुधवार, पौष १४ २०७८
  • भैरहवामा अंग्रेजी नयाँ वर्षमा ‘म्यूजिकल मेला’ हुँदै

    भैरहवा, १४ पुस ।
    अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतमा भैरहवामा ‘म्यूजिकल मेला–२०२२’ हुने भएको छ । लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले उक्त कार्यक्रम गर्ने भएको हो । क्लबले यही पुस १६ गते शुक्रबार भैरहवास्थित युनिक बैंक्वेटमा कार्यक्रम आयोजना गर्ने मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

    images
    images
    images

    सिद्धार्थ बालगृहलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका संस्थापक अध्यक्ष पिन्टु बनियाले बताए । कार्यक्रममा राष्ट्रिय, स्थानीय तथा चर्चित भारतीय (भोजपुरी) कलाकारको प्रस्तुति रहने बनियाले बताए । कार्यक्रममा गायक दुर्गेश थापा, प्रिती आले, कर्णराज गिरी, मोडल करिश्मा ढकाल, चाँदनी स्लीया, डान्सर सविता भुसाल, उद्घोषक मन्जु पौडेल, जादुगर महादेव त्रिपाठी, भोजपुरी कलाकार विनय विहारी लगायत गरी २० जना कलाकारको प्रस्तुती रहने उनले जानकारी दिए । 

    मेलामा प्रवेश शुल्कको टिकट वापत रु. १ हजार लाग्ने क्लबका सचिव दुर्गा प्रसाद कान्दुले बताए । उक्त टिकटमा डिनर र डिं«क्स कुपनको समेत व्यवस्था गरिएको उनले बताए । टिकट के.सी. मःम (नारायणपथ), साई अग्रहरी ट्रेडर्स (भैरहवापथ), होटल मौर्य (देवकोटाचोक), मीठो मःम (बुद्धचोक), राधाकृष्ण होलिडेज (देवकोटाचोक), रोयल स्पेशल लस्सी (आवारोड), मनोज कलेक्शन (बैंकरोड), हाम्रो डेन्टल क्लिनिक (नयाँ सडक), निसार इन्टरप्राइजेज (बुद्धचोक), युनिक बैंक्वेट (डाँडा गाउँ) र होटल डिभाइन एण्ड रेष्ट्रो (लुम्बिनी)मा लिन सकिने उनले बताए ।

    कार्यक्रममा विभिन्न परिकारसहितको स्टलहरु राखिने क्लबका गाइडलाइनर रविकान्त उपाध्यायले बताए । कार्यक्रमको मुख्य प्रायोजक बडवाइजर, ग्राण्ड मास्टर र रुसलान भोड्का रहेका छन् । त्यस्तै बैकिङ पार्टनर महालक्ष्मी विकास बैंक तथा ट्राभल पाटर्नर राधाकृष्ण होलिडेज प्रा.लि. रहेको आयोजकले जनाएको छ । 

    क्लबका गाईडलाइनर राजन शुक्लाले कार्यक्रममा एक हजार बढी दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको बताए । लुम्बिनी प्रेस क्लबका सचिव शंकर पाण्डेले क्लबले आयोजना गरेको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।



    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij