images
images

आइतवार, जेठ ६ गते २०८१

बंगुरपालनमा रमाउँदै, मनग्य कमाउँदै झलकबहादुर आले

बंगुरपालनमा रमाउँदै, मनग्य कमाउँदै झलकबहादुर आले

images
images
images
बुधवार, पौष १४ २०७८
बुधवार, पौष १४ २०७८
  • बंगुरपालनमा रमाउँदै, मनग्य कमाउँदै  झलकबहादुर आले

    तनहुँ, १४ पुस ।

    images
    images
    images

    व्यास नगरपालिका-५ चापाघाटको सिर्दीस्थित बंगुर फार्ममा अहिले ४० बंगुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् ।

    तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बंगुर, सुंगुर रहेका छन् । व्यास नगरपालिका-५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बंगुरपालन व्यवसाय शुरू गरेका आलले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोवार गर्छ । ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उनको छ । ऋषिङ गाउँपालिका–५ राम्जाकोटबाट विसं २०६० मा दमौली झरेका आलेले शुरूमा मासु व्यवसाय गरे । विसं २०७० मा मासु व्यवसायसँगै उनले बंगुरपालन शुरू गरे । ‘फार्म’मा आलेको परिवारबाहेक अन्य दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    उनले निर्माण गरेका नौ वटा खोरमा बंगुर ४०, सुङ्गुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उनले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोलेका छन् । बंगुर काटेर आफू र अन्य मासु व्यवसायीलाईसमेत होलसेलमा बिक्री गर्दै आएका छन् ।

    मासु पसल र बंगुरपालन व्यवसायबाट आलेले व्यास३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गरेका छन् । बंगुर र राँगो पाल्नका लागि दुईजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरुलाई खाना बस्न दिएर मासिक रु २० हजार तलब दिइरहेको आलेले बताए ।

    ‘एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४०० छ’, उनले भने । एउटै बंगुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच÷छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बंगुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठने गरेको उनको भनाइ छ ।

    ‘मासिक त्यस्तै १२÷१५ लाखसम्म आम्दानी हुन्छ’, उनले भने, ‘अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।’ लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ ।

    बंगुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बंगुरपालन शुरू गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।

    उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बंगुरपालन गरी बंगुरको धेरै मासु बिक्री गर्ने आले नै हुन् । अधिकांश मासु पसलमा उनले नै बंगुर, सङ्गुरको मासु पठाउने गरेको छ । उनका अनुसार बँदेलको मासु प्रतिकिलो रु ६००, सुङगुर रु पाँच सय र बंगुर÷राँगो रु चार सयमा बिक्री गर्ने गरेको उनकी श्रीमती कृष्णमायाले बताइन् ।

    ‘मासु पसलमा तीनजना जनशक्ति राखेर ग्राहकलाई सेवा प्रदान गर्दै आएका छौं’, उनले भनिन्, ‘कोभिडको समयमा मासुको व्यपार कमी भए पनि अहिले पुरानै अनुपातमा मासु बिक्री हुन थालेको छ ।’

    पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बंगुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बंगुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बंगुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij