images
images

आइतवार, जेठ ६ गते २०८१

अंग्रेजी नयाँ वर्षमा ‘नमस्ते भैरहवा फूड फेस्ट’ हुँदै

अंग्रेजी नयाँ वर्षमा ‘नमस्ते भैरहवा फूड फेस्ट’ हुँदै

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • अंग्रेजी नयाँ वर्षमा ‘नमस्ते भैरहवा फूड फेस्ट’ हुँदै

    भैरहवा, १५ पुस ।
    युनिक साउण्ड भैरहवा र ओके मिडिया सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा सिद्धार्थ होटल एशोसियशन र उद्योग व्यापार संगठन, रुपन्देहीको सहकार्यमा भैरहवामा ‘नमस्ते भैरहवा फूड फेस्ट’ हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा भैरहवास्थित विद्रोही चोक (उज्यालो चोक)मा उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बिहीबार पत्रकार सम्मलेलन गरी जानकारी गराएको छ ।

    images
    images
    images

    भैरहवामा केही गरौं भन्ने उद्देश्यले पुस १६ र १७ गते कार्यक्रमको आयोजना गरिने ओके मिडियाका सञ्चालक मनोरञ्जन शर्माले बताए । करिब ४–५ लाख खर्च हुने कार्यक्रममा २५ वटा बढी स्टल रहने उनले बताए । विभिन्न परिकार राखिएको स्टल तथा सांस्कृतिक कार्यक्रम रहने उनले बताए । ‘स्थानीय कलाकारलाई प्राथमिकता दिएका छौं, ’उनले भने ।

    सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यहाँका स्थानीयलाई बाहिर जान नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्नु प्रशसंनीय रहेको बताए । उनले कार्यक्रममा आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका उपाध्यक्ष कृष्ण बहादुर गुरुङले ‘नमस्ते भैरहवा फूड फेस्ट’ आयोजना गर्नु भैरहवाबासीको लागि खुसीको खबर भएको बताए ।

    युनिक साउण्डका सञ्चालक रहिस खानले कार्यक्रममा चितवन, बुटवल र भैरहवाका कलाकारको प्रस्तुतीसंगै डिजे समेत रहने बताए । लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij