images
images

आइतवार, जेठ ६ गते २०८१

पैचो पसलले मनायो सातौं वार्षिक उत्सव

पैचो पसलले मनायो सातौं वार्षिक उत्सव

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • पैचो पसलले मनायो सातौं वार्षिक उत्सव

    बुटवल, १५ पुस । 
    स्वदेशी कृषि उत्पादनलाई कच्चा पदार्थ बनाउँदै विभिन्न खाद्य उत्पादन गर्दै आएको पैचो पसल प्रा.लि.ले विविध कार्यक्रम गर्दै आफ्नो सातौं वार्षिक उत्सव मनाएको छ । बुटवलमा रक्तदान गरिनुका साथै जेष्ठ नागरिकसँग सामुहिक भोजन गराउँदै पैचो पसलले आफ्नो वार्षिक उत्सव मनाएको हो ।

    images
    images
    images

    विगतका वर्षहरुमा किसानकै घर आँगनमा बिशेष समारोह गर्दै वार्षिक उत्सव गर्ने गरेको पैचोले विगत २ वर्षदेखि कोरोना माहामारीका कारण विशेष समारोहसहित वार्षिक उत्सवको आयोजना नगरिएको जनाएको छ । कोरोना महामारीका कारण अघिल्लो र यस वर्ष विशेष कार्यक्रम राखेर वार्षिक उत्सव गर्न नसकिएको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

    पैचोको बुटवल शाखामा बिहीबार आयोजना गरिएको रक्तदान कार्यक्रममा पैचो र होटल पौवामा आवद्ध कर्मचारीहरुसहित ३३ जनाले रक्तदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    वार्षिकउत्सवका अवसरमा संस्थाको कर्पोरेट कार्यालयले रक्तदानको आयोजना गर्नुका साथै पैचोको होराईजन शाखाले पारि बुटवलस्थित बृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई भोजन गराएको पैचो पसल होरोइजन शाखाकी शाखा प्रबन्धक सम्झना श्रेष्ठले बताइन् ।

    Paicho (1).jpg

    पैचोले ग्रामीण किसानहरुले उत्पादन गरेको कृषि उत्पादन र उपजहरुको बजारीकरण गर्नुका साथै त्यस्ता कृषि उत्पादनहरुलाई प्रशोधन गर्दै विभिन्न खाद्य उत्पादन समेत गर्दै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij