२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

राइजिङ क्लबद्वारा मन्दिर र विद्यालयलाई सहयोग

आइतवार , आश्विन २५, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २५ असोज ।
    राइजिङ क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले सि.न.पा–१२ स्थित भैरहवा बहमुखी क्याम्पस परिसरमा रहेको सोमइमाई मन्दिर र सि.न.पा–१ स्थित बेलहिया मा.वि.मा सहयोग गरेको छ । क्लबले मन्दिरलाई २० लिटर र विद्यालयलाई ४० लिटर पेन्ट प्रदान गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए । 

    मन्दिर तथा विद्यालयको रंगरोगनको लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य पेन्ट उपलब्ध गराइएको क्लबका उपाध्यक्ष गणेश पोख्रेलले बताए ।