images
images

आइतवार, जेठ ६ गते २०८१

राष्ट्र बैंकको प्रतितपत्रसम्बन्धी नयाँ प्रावधानले व्यवसायी मर्कामा

राष्ट्र बैंकको प्रतितपत्रसम्बन्धी नयाँ प्रावधानले व्यवसायी मर्कामा

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • राष्ट्र बैंकको प्रतितपत्रसम्बन्धी नयाँ प्रावधानले व्यवसायी मर्कामा

    बुटवल, १५ पुस । 
    विलासिताका मालवस्तुको आयतमा प्रतितपत्र (एलसी) खोल्दा शत्प्रतिशत बैंक डिपोजिट गर्नुपर्ने नेपाल राष्ट्र बैंकको नयाँ प्रावधानको व्यवसायीले विरोध गरेका छन् । राष्ट्र बैंकले यो प्रावधान लागू गरेपछि त्यसअगाडि आयात भएका मालवस्तु समेत भन्सार विन्दुमा रोकिएको उनीहरुको भनाइ छ ।

    images
    images
    images

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा भएको व्यवसायीहरुको छलफलमा उनीहरुले यसको व्यवस्थापनमा भूमिका खेल्न समेत नेपाल बैंकर्स एशोसियसन र नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरे । राष्ट्र बैंकले हालै विलासिताका मालवस्तुको आयातमा एलसी खोल्दा, जति मूल्यको मालवस्तु छ, त्यती नै बैंकका डिपोजिट गर्नुपर्ने गरी नयाँ प्रावधान ल्याएको छ ।

    राष्ट्र बैंकको यो प्रावधान भन्दा अगाडि एलसी खोलेपछि माल वस्तु आयात गर्न पाइन्थ्यो । राष्ट्र बैंकले यो प्रावधान लागू गरेपछि पहिले आयात भएका मालवस्तु समेत भन्सार विन्दुमा रोकिनु व्यवसायीका लागि दुःखद भएका उनीहरुको भनाइ छ ।

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले राष्ट्र बैंकको यो प्रावधानले व्यवसायीलाई समस्या भएको भन्दै यसलाई सहज बनाउन आग्रह गरे । उहाँले यसको सहज व्यवस्थापनको लागि महासंघले भूमिका खेल्नुपर्ने बताउँदै त्यसका लागि आफूले महासंघमा पहल गर्ने र बैंकर एशोसियसनलाई पनि भूमिका खेल्न आग्रह गरे ।

    त्यस विषयमा बुटवल उद्योग वाणिज्य संघका परामर्शदाता तथा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिपकुमार श्रेष्ठ र नविल बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापाले नेपाल राष्ट्र बैंकले विलासिताका बस्तुको आयातमा गरेको प्रावधानका बारेमा व्याख्या गरेका थिए ।

    त्यसै अवसरमा नबिल बैंक लुम्बिनी प्रदेशमा हालै आएका प्रदेश प्रमुख थापालाई संघमा स्वागत समेत गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईको सञ्चालन र कार्यसमिति सदस्य सञ्जय कलवार जयसवालको धन्यवादमा कार्यक्रम भएको थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij