images
images

आइतवार, जेठ ६ गते २०८१

तिलोत्तमामा ५७ करोड लगानीमा द एस आर होटल सञ्चालनमा

तिलोत्तमामा ५७ करोड लगानीमा द एस आर होटल सञ्चालनमा

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • तिलोत्तमामा ५७ करोड लगानीमा द  एस आर होटल सञ्चालनमा

    बुटवल, १५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भूमिमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा ५७ करोडको लगानीमा द एसआर होटल एण्ड इभेन्ट्स प्रा.लि सञ्चालनमा आएको हो ।

    images
    images
    images

    हस्पिटालिटी सेवामा समाजका विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित युवाहरुको संयुक्त लगानीमा १२ कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेकोे होटलको बिहीबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष होमकान्त बस्याल (शंकर) ले होटलको औपचारिक रुपमा शुभारम्भ भएको जानकारी दिए । होटलको गुणस्तर तथा सुविधा र सेवा विस्तारका काम पनि जारी रहेको उनले बताए ।

    नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसमा पनि मुलुककै केन्द्रमा पर्ने रुपन्देहीमा पर्यटनको ठूलो सम्भावना देखेर अध्ययनपछि मात्रै होटल सञ्चालनमा ल्याइएको अध्यक्ष बस्यालले बताए । भारतीय सीमासंग जोडिएकोले भारत तथा तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्न सके पर्यटन प्रवद्र्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा लुम्बिनी प्रदेशले उल्लेख्य टेवा पुर्याउने उनले बताए ।

    सरकारसँग सहकार्य गर्दै होटलमा आउने पाहुनाहरुलाई नजिकका धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुमाउने तयारी रहेको छ । रुपन्देहीमा पहिलोपटक स्वायल टेस्टिङ गरी निर्माण गरिएको भुकम्प प्रतिरोधी होटलको ग्राउण्ड फोलरमा जम्वालय फाइन डाइनिङ रेष्टुरेन्ट रहेको छ । जहाँ एकैपटकमा ५० जना भन्दा धेरैलाई सेवा दिन सकिन्छ । जम्वालयसँगै तीनवटा जलापिनो प्राइभेट डाइनिङ क्याबिन रहेका छन् । त्यस सँगै रहेको कफी बारमा गुल्मीको अर्गानिक कफी विन्सको स्वाद लिन पाइनेछ ।

    होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम,  १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् । होटलको पाँचौ तलामा स्वदेशी तथा विदेसी परिकार पेयपदार्थ सँगै औपचारिक कार्यक्रम गर्न मिल्ने वातानुकुलीत कन्फ्रेन्स हल समेत रहेको छ भने, छैठौं तलामा ओपनरुफटप रहेको छ । जहाँबाट तिलोत्तमा र बुटवल लगायतको आकर्षक हरियाली शहरसहित रुपन्देही, पाल्पा, नवलपरासीका मनमोहक चुरे पहाडसँगै लुम्बिनी, भैरहवा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा दक्षिणी भेगमा भारतको नौतनुवासम्म अवलोकन गर्न सकिन्छ ।

    होटलमा स्विमिङ पुल, जिम, स्पाको समेत तयारी भइरहेको छ । यसका साथै ५ वर्ष भित्रमा होटलको सेवालाई एकसय बेडभन्दा बढी क्षमतामा विस्तार गर्ने र १० वर्षमा देशका सातै प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरुमा होटलका कम्तीमा ७ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा पत्रकार माधव ढुंगानाले रुपन्देही पर्यटनको सम्भावना रहेको बताउँदै यो अवसरलाई सही ढंगले अगाडि बढाउन गुणस्तरमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा तिलोतमा नगरपालिका प्रेस सल्लाकार वि.पी. गौतमले कोरोनाले होटल व्यवसायीलाई समस्यामा पारेको बताउँदै विस्तारै पर्यटन व्यवसाय चलायमान हुन थालेको बताए ।

    होटलको शुभारम्भसँगै जम्वालया रेष्टुरेण्टमा सुरुका १५ दिनलाई होटलमा आउने पाहुनाहरुलाई ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा होटलका संस्थापक अध्यक्ष मधुकर शर्मा, सञ्चालक सदस्य टेकनाथ बस्याल, पशुपति प्रधान, निश्चल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । होटलका सञ्चालक सदस्य केशव भण्डारीको स्वागत तथा कम्पनी सचिव चिरन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij