images
images

आइतवार, जेठ ६ गते २०८१

कर्मचारीको परिवारको उपचारका लागि होटल पौवाद्वारा एकलाख प्रदान

कर्मचारीको परिवारको उपचारका लागि होटल पौवाद्वारा एकलाख प्रदान

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • कर्मचारीको परिवारको उपचारका लागि होटल पौवाद्वारा एकलाख प्रदान

    भैरहवा, १५ पुस ।
    होटल पौवा प्रा.लि.ले कर्मचारीको परिवारको उपचार गर्नका लागि राहत उपलब्ध गराएको छ ।  प्रा.लि.ले आफ्नो छैठौं वार्षिक साधारणसभामा पौवामा कार्यरत कर्मचारीको परिवारको उपचारका लागि एकलाख ११ हजार रुपैयाँ प्रदान गरेको हो ।

    images
    images
    images

    विगत ३ वर्षदेखि पौवामा कार्यरत कर्मचारी शान्ता पाण्डेका श्रीमान् सागर पाण्डेको उपचारका लागि होटलले उक्त रकम उपलब्ध गराएको हो । शान्ताका श्रीमान् सागरको दुवै मृगौला फेल भएको र उपचारका लागि खर्च अपुग हुने देखिएपछि पौवाको व्यवस्थापन र होटलमा आवद्ध शेयरधनीहरुको तर्फबाट समेत गरी १ लाख ११ हजार राहत उपलब्ध गराइएको होटलका प्रबन्धक विष्णु भण्डारीले बताए । सागरको उपचार बुटवलस्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    बुटवलमा भएको साधारणसभा कार्यक्रममा पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले रकम हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा पौवाको साझेदार संस्था शुभओम कम्पनीका अध्यक्ष हरि बहादुर थापाले राहतस्वरुप नगद १५ हजार पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij