२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

सडकका कुकुरलाई ‘मासु भात’

सोमवार , आश्विन २६, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २६ असोज ।
    रोटर्‍याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही, आत्मोसर्ग र रोटर्‍याक्ट क्लब अफ तिनाउ बुटवलले सडकका कुकुरहरुलाई खाना खुवाएका छन् ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायतका क्षेत्रको सडकमा रहेका १५० वटा कुकुरहरुलाई भात, मासु, दुध र बिस्कुट खुवाइएको रोटर्‍याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीका उपाध्यक्ष विनोद कुमार जयसवालले बताए । त्यस्तै सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ५० वटा कुकुरलाई रिफलेक्टिभ बेल्ट लगाइएको जयसवालले जानकारी दिए ।