२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

बुटवलको कोरोना अस्पतालमा सोमबार एक संक्रमितको मृत्यु

सोमवार , आश्विन २६, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल, २६ असोज ।
    बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ ।

    असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराउँदा पोजेटिभ आएका देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले बताए । 

    उनलाई आइतबार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । मृतकमा दम, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।