२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

सोमवार , आश्विन २६, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २६ असोज ।
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

    विगत ३ दिनदेखि ज्वरो आइ स्वासप्रस्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे अस्पताल ल्याइएकी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ की ८० वर्षीया महिलाको एमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परिक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो । उनको उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताए ।