images

बिहिवार, बैशाख २७ गते २०८१

महेशपुर भन्सारको राजस्व १० करोड ४२ लाख

महेशपुर भन्सारको राजस्व १० करोड ४२ लाख

images
images
images
बुधवार, पौष २१ २०७८
बुधवार, पौष २१ २०७८
  • महेशपुर भन्सारको राजस्व १० करोड ४२ लाख

    परासी, २१ पुष ।

    images
    images
    images

    नवलपरासीको महेशपुर भन्सारले ५ महिनामा १० करोड बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । महेशपुर भन्सार छोटीबाट मुल भन्सार भएपछि राजस्व वृद्धि हुदै गएको हो ।

    कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड १५ लाख ३ हजार २५१ रुपैया, कृषि सुधार शुल्क तर्फ १ करोड २२ लाख ८१० रुपैयाँ, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैया रहेको जानकारी दिएको छ । त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट ३७ हजार, अन्तशुल्कबाट २३ लाख ८१ हजार २१५, मुल्य अभिबृद्धि करबाट २ करोड ६९ लाख ४९ हजार ७७८ र आयकरबाट ५ लाख ४३ हजार ४९७ रुपैया गरि कुल १० करोड ४२ लाख २८ हजार ५५१ रुपैया संकलन भएको भन्सारले जनाएको छ ।

    कार्यालयले मंसिर महिनामा मात्र १ करोड ४९ लाख ३८ हजार ७०३ रुपैया राजस्व संकलन गरेको छ । यो कुल राजस्व अरु मुल भन्सारमा एक महिनामा उठने राजस्वको बराबर पनि छैन ।

    यस नाकाबाट, खाद्यान्न, कपडालत्ता, भाँडाकुडा, भुँस, कोईला, किराना तथा कास्मेटिकका सरसामानहरुको पैठारी हुने गर्दछ  । करिब २ कठामा रहेको उक्त भन्सारलाई गोदाम, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, मालबाहक गाडी पार्किङ्क स्थल, कांउटर, क्वारेन्टाईनहरु लगायतका पुर्वाधारहरुको आवश्यक्ता रहेको जनाएको छ । राज्यले भन्सारको आवश्यक भौतिक पुर्वाधार र आवश्यक व्यवस्थापन नगर्दा भन्सारले गति लिन सकेको छैन ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij