images

शुक्रवार, चैत्र १६ गते २०८०

बरु कुकुर हुन पाए .....

बरु कुकुर हुन पाए .....

images
images
images
शुक्रवार, पौष २३ २०७८
शुक्रवार, पौष २३ २०७८
  • बरु कुकुर हुन पाए .....

    यो विशाल संसार भनौ भने ब्रह्माण्डको सामु तिल भन्दा पनि सानो छ, तिल भित्रका हामी कति साना छौँ कल्पना गरौ त ! अनि यही पृथ्वीमा रहेका बालबालिकाहरुको मस्तिष्क कस्तो होला !! यो जिज्ञासा म हाँडी घोप्टेलाई बारंबार झकझकाइ रहेको छ ।

    images
    images
    images

    यो झकझकाइ एउटी सानी कक्षा एक पढ्ने बालिकाको बालसुलभ जिज्ञासाले भयो । ति बालिकाले भनेको कुराले हाम्रो राजनीति, शिक्षा नीति र अर्थनीतिलाई पनि दरो झापट हाने झैँ लाग्यो । नलागोस पनि कसरी, कुरै त्यस्तो थिए।

    स्थान : झापा दमक । साथीको घर । एक कक्षामा पढ्ने विद्यार्थी । उनको स्कूलको झोला उनी भन्दा आधा किलो बढी तौल । ऋणको भारले कच्याक्क थिचिएका हामी नेपाली झैँ। हुन त हिजो आज विद्यार्थीहरुले आफ्नो वजन भन्दा बढी भारी बोक्यो भनेँ भविष्यमा बहुत काम लाग्छ भनेर एउटा स्कूलको मास्टरले हातमा डस्टर लिएर बखान गरेको अस्ति मात्र हो । उनको बेजोड तर्क थियो स्कूले बच्चालाई जति धेरै किताबको भारी बोकायो उति राम्रो हुन्छ, खाडी मुलुकमा होस् या अफ्रिकी मुलुकमा अथवा कोरीयामा भारी बोक्ने अत्यन्त सहज हुन्छ अझ किताबको भारले कुप्रिएको ढाडमा ठ्याप्प भारीको बोझा राख्न धेरै सजिलो हुन्छ ।

    उहिले हाँडी घोप्टेको साथीले आफ्ना हजुरबुबाले पढेको किताब पढेर डाक्टर भयो रे । बाबु, छोरा, नाति सम्मले त्यही किताब पढे अरे । हातमा चारवटा काँपी र किताब च्यापेर डाक्टर, इन्जिनियर बने रे, गफ लगाएको हो कि साँचै भनेको ? यो चाँही थाहा भएन एउटै किताब तीन चार पुस्ताले पढेको चाँही पक्कै हो। एस.एल.सी दिंदा “नेहरुको चिठी” नामक किताब यही हाँडी घोप्टेले पनि पढेकै हो ।

    अब त वर्षे पिच्छे किताब फेरिन्छ, नयाँ नयाँ एडिसनका किताब त्यही किताब नकिनी नहुने ! कक्षा एक देखि नै मोटा, मोटा किताबका भारी बोकाएर साना साना नानीहरुको दिमाग पनि मोटा मोटा हुन्छन् रे अनि मोटा दिमागले पनि गह्रौ भारी बोक्न सक्छन रे !! प्रकाशक देखि वितरक सम्मको लाइन अफ कन्ट्रोलमा नानीहरुको हेभी लोड हुँदा ओभर डोज भएर कतिपय बेहोस पनि हुन्छन् भन्ने सुन्नमा आएको छ ।

    खै ! के कुरा हो थाहा छैन । यसरी किताबमा राजनीति अर्थनीति दुवैको पकवान बनाएपछि ज्यादै मीठो हुन्छ रे शिक्षा मन्त्रालयको कर्मचारीलाई, सचिव देखि मन्त्री सम्म ।

    “एक र एक जोड्दा दुई हुन्छ भनेर जहिले पनि एउटै किताबमा किन लेख्नु ? नयाँ नयाँ किताबमा नयाँ नयाँ पानामा दिदाँ कति राम्रो हुन्छ । कहिले एउटा चरा बनाएर ‘एक’ लेख्ने कहिले एउटा जनावर बनाएर ‘एक’ लेख्ने, लेख्ने एकै हो, यसो गर्नाले सबैको अर्थतन्त्र बलियो हुन्छ नि ।”जवाफ पायो है हाँडी घोप्टेले ।

    यसपालि हाँडि घोप्टे पूर्व मेची अञ्चल तिर यसो घुम्न गएको थियो । साथको नातिनी कक्षा एकमा पढ्दी रहिछन् , छोटा दिन घर आउँदा साडे चार । झोलाको भारी फालेर लुुगा फे¥यो हातखुट्टा धोयो, खाजा खायो र तुरुन्त व्याग खालेर गृहकार्य शुरु गरिहाल्यो । नानी बडो बोलैया थिइन् । मसँग राम्रो हिमचिम भयो । दैनिक उसको कार्य नै गृहकार्य गर्ने नौ बजे स्कूल जाने आउने ।

    “ नानी ठीक छ ?” मेरो प्रश्न । 

    “केही ठीक छैन बुबा ! बरु कुकुर हुन पाए कति आनन्द हुन्थ्यो होला ।” 

    उस्को घरमा एउटा सानो काले कुकुर थियो । उस्को कुराले म तीन छक्क परें। यो एक कक्षा पढ्ने बालिकलाई यो के वुद्धि पस्यो होला । मलाई जिज्ञासा भयो ।

    सोधें, “किन नानी ! त्यस्तो पनि भन्ने हो ?” “यति धेरै होम वर्क गर्नु पर्छ, यति धेरै किताब बोक्नु पर्छ, पढ्नु पर्छ । हेर्नु त बुबा ! त्यो कुकुरलाई कति आनन्द छ । खाली भुक्छ, खान्छ, बस्छ कति आनन्द ....।” “नानी यस्तो सोच राख्नु हुन्न है” भनेर संझाउन त सम्झाएँ तर उस्को सोचले देशका नेताहरु झैँ उ हुन चाँहिरहेको भान भयो । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij