images

शनिवार, बैशाख १५ गते २०८१

रुपन्देही प्रहरीद्वारा ठूलो मात्रामा अवैध जुत्ता बरामद

रुपन्देही प्रहरीद्वारा ठूलो मात्रामा अवैध जुत्ता बरामद

images
images
images
शनिवार, पौष २४ २०७८
शनिवार, पौष २४ २०७८
  • रुपन्देही प्रहरीद्वारा ठूलो मात्रामा अवैध जुत्ता बरामद

    भैरहवा, २४ पुस ।
    रुपन्देही प्रहरीले ठूलो मात्रामा जुत्ता (स्पोट सूज) सहित ६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी ईकाईहरुले आ–आफ्नो वडा एरियाबाट अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका सामान बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी पौडेलले जानकारी दिए ।

    images

    अस्थायी प्रहरी पोष्ट बसपार्क भैरहवाबाट खटिएको टोलीले शुक्रबार सिद्धार्थनगर नगरपालिका–३ स्थित बसपार्कबाट २ लाख ५० हजार बराबरको ११७ जोर जुत्ता फेला पारी बरामद गरेको छ ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–७ गरगट्टीबाट बाट लु ३ प ६६५८,लु ३८ प ९१८७ र लु ४ प १७७१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको चिनी र तीनवटा मोटरसाइकलसहित २ लाख ४० हजारको सामान बरामद गरेको छ ।

    त्यसै गरी ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले बुधबार ओमसतिया गाउँपालिका–५ स्थित पट्खौलीबाट चिनी २५० के.जी. र रोहिणी गाउँपालिका–२ स्थित भगवानपुरबाट २८ थान प्लाष्टिकको कुर्ची गरी. ६० हजार बराबरको सामान बरामद गरेको छ ।

    त्यस्तै प्रहरी चौकी दुवेथुमुवाबाट खटिएको टोलीले शुक्रबार सम्मरीमाई गाउँपालिका–३ स्थित वनगावाबाट स्वीटर ९ पिस, ज्याकेट १ पिस, तन्ना ३ पिस, सिरानी खोल १२ पिस, कोरा सिरक खोल ४ पिस, फाईवर सिरक खोल ५ पिस, पर्दा ७ पिस गरी ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij