२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

अहिलेका राजनीतिक दलहरुबाट देशले निकास पाउदैन : मोहन वैद्य (भिडिओ)

मंगलवार , पौष २७, २०७८

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ’किरण’ले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले बिभिन्न दलको महाधिवेशन हेर्दा विचार शुन्य देखिएको भन्दै राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताएका हुन् ।

उनले जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने तर्क गरे । वैद्यले अहिले क्रान्तिकारी भन्नेहरुको अवस्था पनि कमजोर भएको भन्दै नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै जाने रणनीति भएको जानकारी दिए ।

त्यस्तै उनले पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि पूर्व माओवादीसंग प्रयास भइरहेको भए पनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको स्पष्ट पारे ।  उनले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी बिरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने धारणा राखे ।

वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गरे । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उनको भनाई छ ।