images

बुधवार, बैशाख ५ गते २०८१

उन्नति सहकार्यको सातौं वार्षिक साधारण सभा सम्पन्न

उन्नति सहकार्यको सातौं वार्षिक साधारण सभा सम्पन्न

images
images
images
बिहिवार, पौष २९ २०७८
बिहिवार, पौष २९ २०७८
  • उन्नति सहकार्यको सातौं वार्षिक साधारण सभा सम्पन्न

    भैरहवा, २९ पुस ।
    उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड भैरहवा रुपन्देहीले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाहको अध्यक्षता र संघीय सांसद तथा संस्थाका संस्थापक अध्यक्ष भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सातौं वार्षिक साधारण सभाले ३ वटा सामान्य प्रस्ताव र विभिन्न ६ वटा विशेष प्रस्तावहरु पारित गरेको छ । 

    images
    images
    images

    भैरहवामा भएको संस्थाको सातौं साधारण सभाले ३ वटा विशेष प्रस्तावहरुमा अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ सालको वार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित गरेको छ । 

    त्यसै गरी २०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३० प्रतिशत बोनस शेयर स्वीकृत गर्ने, विशेष प्रस्तावको १ नम्बर बमोजिम बोनस शेयर बाँडफाँड बमोजिम सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न आवश्यक १ करोड ७८ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (र्फदर पब्लिक अफ रिङ्ग) जारी गर्ने, विशेष प्रस्तावको बुँदा नम्बर १ र २ बमोजिम बोनस शेयर बाँडफाँड पश्चात तथा थप सार्वजनिक निष्काशन जारी पश्चात पुँजी बृद्धि गरी जारी तथा चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार ७ सय र ५० करोड रुपैयाँ अधिकृत पुँजी कायम गरी सोही अनुसार नियमावली र प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

    त्यस्तै, प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निदेशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, सञ्चालकको भक्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारवाही अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सातौं वार्षिक साधारण सभाले पारित गरेको छ । 

    संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव नारायण अधिकारीको सञ्चालन र संस्थाका सञ्चालक समिति सदस्य खिलराज मैनालीको स्वागत मन्तव्यसँगै सुरु भएको सातौं वार्षिक साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले संस्थाको भावी रणनीति र बर्तमान अवस्थाको बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    भावी रणनीतिहरु प्रस्तुत गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत पाठकले संस्थालाई उदाहरणीय लघुवित्त वित्तीय संस्थाको रुपमा विकास गर्न हरसम्भव प्रयासरत रहिरहेको बताए । उनले आवश्यक स्थानहरुमा थप शाखा सञ्जालहरु वृद्धि गर्ने, सेवाग्राहीहरुको संख्या वृद्धि, डिजिटल दूर नियन्त्रण/अनुगमन प्रणाली परीक्षण स्वरुप केन्द्रय कार्यालय लगायत, प्रादेशिक कार्यालय र अन्य शाखा कार्यालयहरुमा समेत सिसिटिभी जडान गर्ने, पेपर लेस संस्थाको रुपमा विकास गर्ने, रियल टाईम बेसिसमा कार्य गर्ने व्यवस्थाको लागि क्यूआर कोड, एसएमएस सर्भिस, मोवाईल बैंकिङ/ट्याबलेट रेकर्डिङ जस्ता आधुनिक प्रविधियुक्त सेवासुविधाहरुको विकास र विस्तार गर्ने, ग्राहक संरक्षण सिद्धान्तलाई अवलम्बन गर्दै ग्राहक अभिभावकको आर्थिक कारोबारको विषयमा सिधै संस्थाको वेबसाईटमार्फत नायब प्रमुख कार्यकारी अधिकृत र जनशक्ति व्यवस्था विभागसँग सम्पर्क गरी गुनासो राख्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने बताए । 

    हाल १७ करोड ६१ लाख ६९ हजार ७ सय रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ पुगेको छ भने ३ अर्ब ३२ करोड ३४ लाख ७ हजार एक सय २९ रुपैयाँ कर्जा लगानी ९४ करोड ४६ लाख ९२ हजार ६ सय ५० रुपैयाँ निक्षेप संकलन गरेको संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । जसका अधिराज्यभरका २८ जिल्लाहरुमा ८२ वटा शाखा सञ्जालहरु रहेका छन् भने ३०५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।   

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij