
शनिवार , माघ १, २०७८
अर्घाखाँची, १ माघ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले कांग्रेस कार्यकर्ताहरुलाई अब सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएकाले अर्घाखाँचीका सबै स्थानीय तह जित्ने गरी तयारीमा लाग्न आग्रह गरेकी छन् ।
अर्घाखाँची पाणिनी गाउपालिका–४ पटौटी निवासी कांग्रेस प्रदेश ख का प्रतिनिधि तथा पूर्व गा.वि.स अध्यक्ष नारायणहरि घिमिरे तथा शिक्षक संघका नेता घनश्याम घिमिरेका पिता भिमार्जुन घिमिरको ९२ वर्षको उमेरमा निधन भएको ७ औ दिनमा आयोजना गरिएको शोकसभामा बोल्दै उनले कांग्रेसले गरेका विकास निर्माणको बारेमा आम नागरिकलाई जानकारी गराउँदै संगठन विस्तारमा लाग्नुपर्ने बताइन् ।
कांग्रेस पाणिनी वडा समिति ४ ले आयोजना गरेको शोकसभामा बोल्दै न सचेतक क्षेत्रीले कांग्रेस जनताको भरोसाको पार्टी भएकोले मुलुकमा आउने हरेक संकटको समाधान कांग्रेसले मात्र गर्ने दावी गरिन् । उनले आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस शक्तिशाली पार्टी रुपमा प्रस्तुत हुने बताइन् । जनताको आशा र भरोसाको पार्टी कांग्रेस भएकाले अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहर बढेको उनको भनाइ थियो ।
शोकसभामा कांग्रेसका प्रदेश सदस्य गीता घिमिरे, अर्घाखाँची जिल्ला उपसभापति विष्णु भुसाल, जिल्ला सचिव अच्युत गौतम, महाधिवेशन प्रतिनिधि तथा शितगंगा नगरपालिका प्रमुख सूर्य अधिकारी, महाधिवेशन प्रतिनिधि श्यामनाथ काश्यप, अम्बिका पोखरेल, जिल्ला सदस्य विष्णु पौडेल, पाणिनी गाउँपालिकाका सभापति तुल्सी पौडेल, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका सचिव विनोद घिमिरे लगायतले राख्दै घिमिरेको निधनले सिंगो पार्टी नै शोक स्तब्ध भएको बताए ।
पाणिनी गाउँपालिका वडा नम्बर ४ को सभापति धर्मराज घिमिरेको सभापतित्व तथा कृष्ण गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकोे थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij