२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–२ को अधिवेशन, अध्यक्षमा थापा

मंगलवार , माघ ४, २०७८

भैरहवा, ४ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले युगल थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सत्यम जयसवाल र सचिवमा सम्झना थापा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विकल्प थापा, विवेक थापा, सरुन थापा, सुभम जयसवाल, सुजित थापा, सुनिल थापा, सिद्दु गुरुङ, सनित बासफोर, रोमन, आर्यन थापा, राहुल थापा, जतिन गुरुङ, इरफान अली, सिद्धार्थ नेपाली र विनय थापा रहेका छन् ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सीमित उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ, सिद्धार्थनगरका सचिव रोशन बहादुर थापाले बताए ।