२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

इतिहासलाई समयसापेक्ष चर्चा गरिरहनुपर्छ : एमाले केन्द्रीय सदस्य ढकाल

मंगलवार , माघ ४, २०७८

भैरहवा, ४ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गतका जिल्ला कमिटीका सदस्यहरुबीच परामर्श बैठक सम्पन्न भएको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको बैठकमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज भुमिश्वर ढकालले पार्टी कार्यकर्ताहरुले रुपान्तरण आफैबाट सुरु गर्नुपर्ने बताए । नेता ढकालले भने, ‘हामी रुपान्तरणको कुरा गर्छौ तर त्यसको व्यवहारिक पक्षलाई ध्यान दिन सकेनौ भने रुपान्तरणको अर्थ रहदैन । इतिहासलाई बिर्सेर होइन, त्यसको महत्वलाई ध्यान दिएर अघि बढनुपर्छ भन्दै ढकालले इतिहासलाई समयसापेक्ष रुपमा चर्चा गरिरहनुपर्ने बताए । 

पद र जिम्मेवारीले मात्रै पार्टी नेता बन्न नसकिने बताउँदै उनले रुपन्देहीको जिल्ला पार्टीलाई सशक्त बनाउन कार्यकर्ताहरु समयानुकूल चल्न सक्नुपर्नेमा जोड दिए । 

परम्परावादी र यथास्थितिबादी प्रवृतिले कोही व्यक्ति नेता बन्न नसक्ने बताउँदै रुपन्देहीको पार्टीलाई संस्थागत र विधिसम्मत ढंगले सन्चालन गर्न नवनिर्वाचित जिल्ला सदस्यहरुले ध्यान दिनुपर्ने उनले बताए । आजको आवश्यकता नयाँ सोच, चिन्तन र पद्दतिबाट पार्टी सञ्चालन गर्नुपर्ने भएको बताउदै इञ्चार्ज ढकालले विभिन्न चुनौतिलाई परास्त गर्दै पार्टी कामलाई अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि तयार रहन जिल्ला कमिटी सदस्यहरुलाई निर्देशन दिए ।

बैठकमा नवनिर्वाचित जिल्ला सदस्यहरुले पार्टी सञ्चालनका लागि आ–आफना सुझाव तथा धारणा व्यक्त गरेका थिए । 
पार्टीका जिल्ला सचिव यज्ञ गैरेको सञ्चालनमा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही सह–इञ्चार्ज सावित्रा अर्याल, जिल्ला कमिटीका उपाध्यक्ष जागेश्वरी चौधरी लगायतले बोलेका थिए । जिल्लाको अन्य ४ वटा क्षेत्रमा पनि परामर्श वैठक गरी पार्टी सञ्चालनका लागि सुझाव संकलन गरिने सचिव गैरेले जानकारी दिए ।