२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

युवा संघ सिद्धार्थनगर–१ को अध्यक्षमा अनिल वि.क.

मंगलवार , माघ ४, २०७८

भैरहवा, ४ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल सिद्धार्थनगरले संगठन विस्तारलाई निरन्तरता दिएको छ । संगठन विस्तारकै क्रममा सिद्धार्थनगर वडा नम्बर १ मा ३२ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
 
जसको अध्यक्षमा अनिल वि.क. छन् । त्यस्तै उपाध्यक्षमा मोहम्मद रिजवान, सचिवमा गौतम पासवान, सह–सचिवमा समीर राना र कोषाध्यक्षमा मोहम्मद जमाल छन् । युवा संघ नेपालका केन्द्रिय सदस्य समीर खानले नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
 
खानले पार्टीको नीति सक्षम, सबल, सामाजिक नेतृत्व र समाजसेवाी युवा उत्पादन गर्ने भएको बताउँदै सोहीअनुसार काम गर्न आग्रह गरे । उनले राजनीतिको मुख्य धारमा युवालाई समाहित गराउँदै युवा नेतृत्व स्थापित गर्नतर्फ सबै लाग्नुपर्ने धारणा राखे ।
 
पार्टी नगर कमिटी अध्यक्ष राम बहादुर बस्नेतले पार्टीलाई वडा र नगरमा बलियो बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे । उनले भ्रस्टाचार रोक्न युवाहरु अग्रपंक्तिमा रहनुपर्ने जनाए ।
 
युवा संघ नेपालका नगर अध्यक्ष नितेश जालान्धरले युवाहरु संगठित हुँदै पार्टीलाई रहर लाग्दो र भरपर्दो बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा युवा संघ जिल्ला कमिटी सदस्य अनुराग कसौधन, पार्टी वडा नम्बर १ का अध्यक्ष बासुदेब कार्की, युवा संघ नेपालका वडा नम्बर २ का अध्यक्ष भरत राना लगायतको आतिथ्यता थियो । कार्यक्रम नगर सचिव ज्ञानु खतिवडाको सञ्चालनमा भएको थियो ।