images

बिहिवार, बैशाख १३ गते २०८१

श्रीमान गुमाएकी राधालाई एनआइसी एशियाले दियो १० लाख बिमा रकम

श्रीमान गुमाएकी राधालाई एनआइसी एशियाले दियो १० लाख बिमा रकम

images
images
images
शनिवार, माघ ८ २०७८
शनिवार, माघ ८ २०७८
  • श्रीमान गुमाएकी राधालाई एनआइसी एशियाले दियो १० लाख बिमा रकम

    भैरहवा, ८ माघ । हृदयघातबाट श्रीमान गुमाएकी कपिलवस्तुकी राधा थापालाई एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारवापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।  

    images

    बैंकले कपिलवस्तु नगरपालिका वडा नम्बर १ की राधा थापालाई एक कार्यक्रमकाबीच बीमा दावी रकम हस्तान्तरण गरेको हो । सर्वश्रेष्ठ बचत खाता अन्तर्गत एक लाख मौज्दातमा गुडबिल एम्बेसडर बचत खाता खोलेका मोहन बहादुर पौडेलको हदयघातबाट निधन भएपछि बीमावापतको रकम उनकी श्रीमती राधालाई प्रदान गरिएको हो ।

    राधालाई बैंकका लुम्बिनी प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै कार्कीेले एनआईसी एसिया बैक लिमिटेडले प्रदान गरेको रकमले कही हदसम्म आर्थिक भर कम हुने र यो पैसाले आफ्नो छोरीको भविष्य राम्रो बनाउन सहयोग पुग्ने बताए ।

    चेक हस्तान्तरण कार्यक्रममा कपिलवस्तु नगरपालिकाका पूर्व उपप्रमुख वासुदेव प्रसाद कसौधन, एनआइसी एशिया बैक तौलिहवा शाखाका कर्मचारी लगायतले सहभागिता जनाएका थिए । 

    चेक प्राप्त गरेपछि राधा थापाले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लागेको बताइन् । यस सुविधाले बैंकप्रतिको आफ्नो विश्वास र भरोसा अझ बढी भएको उनले बताइन् । 

    बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij