images

शनिवार, बैशाख ८ गते २०८१

जसले टिप्पर दुर्घटना न्यूनीकरणलाई आफ्नो कर्म ठाने

जसले टिप्पर दुर्घटना न्यूनीकरणलाई आफ्नो कर्म ठाने

images
images
images
शनिवार, माघ २२ २०७८
शनिवार, माघ २२ २०७८
  • जसले टिप्पर दुर्घटना न्यूनीकरणलाई आफ्नो कर्म ठाने

    भैरहवा । बुटवलको मिलनचोकमा टिप्परको ठक्करबाट डिभिजन कार्यालय रुपन्देहीमा कार्यरत दुईजना कर्मचारीको घटनास्थल मै मृत्यु भयो । त्यस्तै बुटवलको तामनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । तामनगरमा भएको दुर्घटनामा टिप्पर मोटरसाइकल माथिबाट चढ्दा चालकको विभत्स तरिकाले मृत्यु भएको थियो ।

    images
    images
    images

    यी घटना केही उदाहरण मात्रै थिए।  यस्तै थुप्रै घटना प्रत्यक्ष देख्दा मनमा निकै बेचन भएका कारण रुपन्देहीको भैरहवाका प्रख्यात बन्जाडे आफ्ना नियमित कामलाई एकातिर थन्काएर सवारी दुर्घटना न्यूनीकरण अभियानमा जुटे ।

    सामाजिक अभियन्ता बन्जाडे कहालीलाग्दा दुर्घटनाका घटनाहरु देखेपछि त्यसको न्यूनीकरणका लागि विगत ३ वर्षदेखि निरन्तर लागिपरेका छन् । ‘टिप्पर र हाईवाका कारण मानिसले अनाहकमा ज्यान गुमाउनुपरेका कारण त्यसको न्यूनीकरणका लागि म स्वतफुर्त रुपमा यस कार्यमा लागेको हुँ अभियन्ता बन्जाडेले भने, ‘३ बर्षको अन्तरालमा केही हदसम्म दुर्घटनाका घटनाहरुमा कमी आएको छ। ’

    नेपालमा हुने सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा टिप्पर र हाईवाको ठक्करबाट मृत्यु हुनेको संख्या उच्च छ । टिप्परको र हाईवाले ठक्कर दिएकामध्ये सायदैको ज्यान बच्छ, कतिपय ठक्करबाट घाइते भएकाहरुलाई ब्याक गरेर मार्ने गरेका छन् । ५ लाखमा उम्कन्छ भन्ने मानसिकताका कारण घाइतेलाई पनि मार्न खोज्ने गरेका छन् । घाईतेको उपचार गर्दा धेरै पैसा खर्च हुने डरले ज्यान लिने गरेका थुप्रै उदाहरणहरु रहेको बन्जाडेको बुझाइ छ । 
    ‘सवारी दुर्घटनाको कहालीलाग्दो अवस्था देखेपछि सुरुमा पाल्पाको चुनढुंगा खानीबाट रुपन्देहीको बेथरीमा रहेका सिमेन्ट उद्योगसम्म केही समय अनुसन्धान गरे, बन्जाडेले भने अत्याधिक गतिका कारण दुर्घटना हुने गरेको फेला पारियो ।’ उनी सामाजिक अभियन्ताको अलवा समाजशास्त्री तथा अधिवक्ता समेत हुन् । 

    ‘७ दिनसम्म गरिएको अनुसन्धानमा मैले चालकहरुले टिप्पर कसरी चलाउँछन्, दुर्घटना कसरी हुन्छ भनेर मसिनो गरी हेरे उनले भने, ‘टिप्परले ९० को स्पीडमा कुदाउँदा रहेछन्, चालकले चाहेर पनि ओभरलोडमा रहेको टिप्पर रोक्न सक्दा रहेनछन्, जसले गर्दा दुर्घटना भइहाले ठुलो क्षति हुँदो रहेछ ।’
    बन्जाडेको अभियानपछि ओभरलोड नियन्त्रण, टाईमकार्डको व्यवस्था, अनावश्यक बत्ती हटाउने कार्यले तीव्रता पाएको थियो ।

    prakhyat banjade news pic.jpg
    सामाजिक अभियन्ता प्रख्यात बन्जाडेको सक्रियतामा राकिएका ओभरलोड बोकेका टिप्पर तथा हाईवा

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापा, ट्राफिक प्रहरी प्रमुख वेद पौडेल र अभियन्ता बन्जाडेको सक्रियतामा दुर्घटना न्यूनीकरण भएको छ । ‘दुर्घटनाको प्रमुख कारणको रुपमा रहेको फक्स लाईट, हलोजन लाईट हटाइयो, एउटा टिप्परबाट १६ वटासम्म फक्स लाईट हटायौं, यसपछि टिप्पर दुर्घटनामा कमी आएको छ, ’उनले भने । 

    प्रख्यात बन्जाडेलाई सामाजिक कार्यमा निकै रुची छ । जिल्लाभित्र होस् वा बाहिर जहाँ हँुदा पनि दुर्घटना न्यूनीकरणका लागि उनी लागेकै हुन्छन् । सडकमा ओभरलोड बोकेका सवारीसाधन होस् वा नम्बर प्लेट नभएका, त्यस्ता सवारीसाधनलाई कानूनी दायरामा ल्याउन उनले प्रहरीसंग राम्रो समन्वय गरेका छन् । सामाजिक संजाल फेसबुकबाट उनले त्यस्ता सवारीसाधनको बारेमा खबरदारी गरेका हुन्छन् । 

    सवारी दुर्घटना न्यूनीकरणका लागि उनी आवश्यक परेका बेला बिहान, दिउँसो र राती समेत नभनी फिल्डमा खटिरहेका हुन्छन् । आफ्नो खटाई, टिप्पर र हाईवाको दादागिरीको पर्दाफास गरेको देख्न नसकेर कतिपयले धम्की समेत दिएको बन्जाडेको भनाइ छ । बन्जाडे दैनिक सरदर १/२ घण्टा सडकमै हुन्छन् ।  आफ्नै ज्यानको बाजी लगाएर दुर्घटना न्यूनीकरणको अभियानमा निस्किएका बन्जाडेको अभियानले पछिल्लो समय सुशासन कायम भएको, मानवीय क्षती कम भएको र दुर्घटनामा कमी आएको बताए। 

    IMG-20220204-WA0011.jpg
    २०७७ कार्तिक ६ गते तोकिएको मापदण्ड भन्दा बढि भारको क्लिंकर ढुवानी गरेका टिप्परलाई नियन्त्रणमा लिएर प्रहरीलाई जानकारी गराउदै अभियन्ता बन्जाडे। 

    बन्जाडेले नेपाल सरकारका तत्कालीन गृहसचिव महेश्वर न्यौपाने समक्ष बैशाख ३, २०७८ मा १० बुदे टिप्पर आतङ तथा दुर्घटना न्युनीकरण सम्बन्धी बिज्ञप्ती बुझाएका थिए। उनको बिज्ञप्तीलाई आधार मान्दै गृह मन्त्रालयले बैशाख ९ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीलाई बोदार्थ दिदै उक्त बिज्ञप्तीलाई कार्यान्वयन गर्न परिपत्र गरेको थियो। 

    prakhyat patra.jpg
    गृह मन्त्रालयले बैशाख ९ गते यातायात मन्त्रालय र नेपाल प्रहरीलाई गरेको परिपत्र

    बन्जाडेको सक्रियता पछि अहिले टिप्पर तथा हाईवा दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक कार्यालयका रुपन्देहीका प्रमुख (प्रहरी निरिक्षक) केशव केसीले जानकारी दिए। उनले टिप्पर र हाईवाबाट हुने ट्राफिक नियम उल्लघनमा निकै कमी आएको बताउदै अभियन्ता बन्जाडेको अभियानले ट्राफिक प्रहरीको अभियानलाई ठुलो सहयोग पुगेको उल्लेख गरे। उहाले हामीसंग सहकार्य गरेर आफ्नो अभियान चलाउनु भएको छ, प्रहरी निरिक्षक केसीले भने यसले ट्राफिक प्रहरीलाई पनि काम गर्न सहयोग पुगेको छ। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij