२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

बुटवल युनाईटेडको क्रिटिकल मास 

आइतवार , कार्तिक २, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • बुटवल, २ कार्तिक ।
    साईकलमैत्री पुर्वाधार र साईकल सचेतना जगाउन भन्दै शनिबार बुटवल युनाइटेड साईक्लिङ क्लबले क्रिटिकल मास र्‍याली गरेको छ । सांझ ६ बजे बुटवल कालिका माविबाट सुरु भएको र्‍याली देवकोटा चोकहुदै नगर परिक्रममा गरी पुन बुटवल फर्किएको थियो । 

    साईकलप्रतिको आर्कषण र अनुसासन सिकाउन तथा सचेतनाका रुपमा रयाली आयोजना गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । कार्यक्रम अन्तरगत साईक्लिष्टहरुले भैरहवा बुद्धचोकमा रहेको बुद्ध प्रतिमामा मैनबत्ती बालेर कोभिड–१९ बाट मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धान्जली अपर्ण गरेका थिए । 

    हरेक महिनाको पहिलो शनिबार यसरी नै शान्ति र्‍याली गरिने उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधार, उपाध्यक्ष अभिषेक भारी, ह्याप्पी क्लबका उपाध्यक्ष किरण श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अर्जुन गुरुङ लगायत ३ दर्जन साईक्लिष्टहरु सहभागी भएका थिए । 

    कार्यक्रममा सहभागी साईक्लिष्टहरुलाई पिउने पानी एभरेष्ट वाटर, जिमिरे र जुस एभरेष्ट फुड एण्ड एभरेज ईण्डिष्ट्रिजबाट सौजन्य भएको क्लबका सचिव राजु तिवारीले बताए ।