२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

सोमवार , कार्तिक ३, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, ३ कार्तिक ।
    रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । सोमबार थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार २ पुगेको छ ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ६३, सिद्धार्थनगर नगरपालिकाका २३, तिलोत्तमा नगरपालिकाका १९, कञ्चन गाउँपालिकाका १८, देवदह नगरपालिकाका ७, सैनामैना नगरपालिका र मायादेवी गाउँपालिका २/२, मर्चवारी, सियारी र ओमसतिया गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    रुपन्देहीमा हालसम्म २ हजार ९ सय १२ कोरोना संक्रमित निको भइसकेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । 

    त्यस्तै जिल्लामा २ हजार ३९ जना कोरोना संक्रमित उपचाररत छन् । त्यसै गरी रुपन्देहीमा हालसम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।