२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

रुपन्देहीमा मंगलबार थपिए १५८ जना कोरोना संक्रमित

मंगलवार , कार्तिक ४, २०७७

  • 7.5K
    Shares
  • 7.5K
    Shares
  • भैरहवा, ४ कार्तिक । 
    रुपन्देहीमा मंगलबार थप १५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।  कोरोना पुष्टि हुनेमा ६९ जना महिला र जना ८९ पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका ६५, सिद्धार्थनगर नगरपालिकाका ४४, तिलोत्तमा नगरपालिकाका २७, देवदह नगरपालिकाका ८, सम्मरीमाई गाउँपालिकाका ४, सैनामैना नगरपालिका, ओमसतिया र मायादेवी गाउँपालिकाका २/२, मर्चवारी, रोहिणी, गैडहवा र कञ्चन गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार १ सय ६० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म २ हजार ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा २ हजार १ सय ४१ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।