२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

सोमवार , फाल्गुण ९, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, ९ फागुन । 
    शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क दन्त शिविर गरेको छ । बैंकको प्रधान कार्यालय बुटवल कालिकानगरमा सोमबार भएको शिविरमा स्थानीय, बैंकका सेवाग्राही र कर्मचारी समेत एक सय ५० जनाले दाँतको चेकजाँच गरेका थिए । 

    शिविरको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क दन्त शिविर गरिएको बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि थुप्रै कामहरु गरेको उनले उल्लेख गरे ।

    बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैंकिङ हेड नम्रता थापाको सञ्चालनमा भएको शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको थियो । बैंकको १४ औं वार्षिकोत्सव फागुन ११ गते विशेष कार्यक्रमसहित गरिने बैंकले जनाएको छ ।