२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

एलआइसीद्वारा मृत्यु दावीवापत १८ लाख प्रदान

बुधवार , फाल्गुण ११, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १० फागुन ।
    लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी) नेपालले बर्दघाट–१६ नवलपरासी निवासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रबन्धक दृश्या पुरीले रवि कुमारका बुवा तारा बहादुर कामु (थापा) लाई रकम हस्तान्तरण गरेकी हुन् । 

    पाँच वर्षअघि एलआईसी नेपालमा १५ लाख रुपैयाँको बीमा गरेका रवि कुमार गत मंसिर २ गते आफ्नै निवासमा बिहान उठ्दा मृत अवस्थामा फेला परेका थिए ।

    उनका बुवा तारा बहादुरलाई मृत्यु दावी वापत १८ लाख ३६ हजार ७५० रुपैयाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रबन्धक पुरीले बताइन् । त्यस अवसरमा बोल्दै शाखा प्रबन्धक पुरीले जीवन बीमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताइन् । कार्यक्रममा एलआइसी नेपालका एजेन्सी म्यानेजर किशन बहादुर चौधरीले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।