२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

दशैं फुटसल सुरु

शुक्रवार , कार्तिक ७, २०७७

बुटवल, ७ कार्तिक ।
वडादशैको अवसरमा बुटवलमा खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका सहयोग तथा राधाकृष्ण फुटवल क्लबको आयोजनामा शुक्रबारदेखि पहिलो दशैं कप फुटसल प्रतियोगिता २०२० सुरु भएको हो । 

एक समारोहकाबीच रुपन्देही जिल्ला फुटसल संघका अध्यक्ष राजु पुनले रेफ्रिलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्दै कोरोना भाइरस संक्रमणको त्रासबाट खेलकुद गतिविधि नहँुदा खेलाडीमा समस्या उत्पन्न भएको बताए । लामो लकडाउनका कारण खेलाडीहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएर घरमै थुनिनुपरेको अवस्था हुनु दुःखद भएको उनले बताए । 

क्लबका अध्यक्ष यम बरालले यो वर्ष क्लबको वार्षिक कार्यक्रम गर्न नपाएको दुखेसो गरे । स्वास्थ्य मापदण्ड अप्नाएर पहिलो फुटसल प्रतियोगिता गरेको समेत उनले बताए । 

प्रतियोगितामा उपाधि विजेताले नगद २० हजार कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजारबाट पुरस्कृत गरिने संयोजक सर्वेस घलेले बताए । त्यसै गरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । 
प्रतियोगितामा २४ टिम सहभागी रहेका छन ।

कार्यक्रममा पत्रकार विश्वास ढकाल, पूर्व खेलाडीहरु प्रदिप आचार्य, दिलिप क्षेत्री, सुमित खनाल लगायतले शुभकामना दिएका थिए । 

योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा भएको पहिलो प्रतियोगितामा युनिक फुटसल विजयी भएको छ । युनिकले खस्यौली एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । निशान्त सुनार, अंकित क्षेत्री र रबिन थापाले गोल गरेका थिए ।