२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

भैरहवामा लागूऔषधसहित एक युवा पक्राउ

शुक्रवार , कार्तिक ७, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, ७ कार्तिक । 
    प्रहरीले लागूऔषधसहित एक जनालाई भैरहवाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लगण्डकी नगरपालिका–२ घर भइ खैरेनीटार टुँडा बस्ने २४ वर्षिय विश्व बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    कार्तिक ५ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ स्थित बरप फैक्ट्री नजिक सडकमा प्लाष्टिको झोला बोकेर हिंडिरहेको अवस्थामा फेला पारी शंकाष्पद रुपमा रोकेर सोधपुछ तथा खानतलासी गर्दा ती युवाको साथबाट लागूऔषध बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

    गुरुङले बोकेर ल्याएको झोलामा डाइजेपाम २१२, फेनरागन २१२, नुफिन २१२ एम्पुल, नाईट्राजेपाम ३०० ट्याब्लेट बरामद गरिएको उनले बताए । रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।