२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

भारतीय नागरिकसंग रकम लिएर नेपाल प्रवेश गराउने भारतीय पक्राउ

बिहिवार , कार्तिक १३, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, १३ कार्तिक । 
    भारतीय नागरिकसंग रकम लिइ अवैध रुपमा नेपाल प्रवेश गराउने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश महाराजगंज जिल्ला मदराका २० वर्षिय अजय भारती रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोटहीमाई गल्ली हुँदै एक जना भारतीय नागरिकसंग रु. १ हजार रकम लिएको विषयमा बिहीबार सोधपुछ गर्ने क्रममा उनले सो सार्वजनिक स्थानमा बाटोमा आवतजावत गर्ने पैदलयात्रीसंग रकम लिने गरेको र नदिएमा झै–झगडा गर्ने गरेकोले पक्राउ गरिएको खत्रीले जानकारी दिए । पक्राउ परेका अजयलाई अभद्र व्यवहारमा कानुन बमोजिम कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।