अमेरिकामा चुनाव हुन्छ, हामी भगवानलाई दश औँला जोडेर भन्छौ-
बिन्ती भगवान, डोनाल्ड ट्रम्पले चुनाव हारून, जोए विडेन अमेरिकाको राष्ट्रपति बनुन..!!
घरि घरि लाग्छ, बिडेन आफ्नो कर्मले होइन; हाम्रो कामना र आशिर्वादले राष्ट्रपति बनेका हुन्।
नजिकैको भारतमा भर्खर चुनावी माहोल छ। केही प्रदेशको नतिजा आयो। हामी केजरीवालको पार्टी र उनको जीतको गर्वका साथ प्रशंसा गरिरहेछौँ..!!
हामी कतिले त केजरीवाल अब भारतका प्रधानमन्त्री बनुन भनेर मन मन भगवानको नाम जप्दै औला जोड्न थालिसक्यौँ..!!!
चीनको पद्धति र राजनीति हाम्रो समझ भन्दा फरक छ तर पनि हामी चाहान्छौ चीनमा प्रजातन्त्र लागु होस..!!!
हामी अन्य मुलुकको भलो चाहान्छौ, राम्रोले जितोस भनेर कामना गर्छाै। चाहे त्यो अस्ट्रेलिया होस वा फिनल्याड या त क्यानडा होस वा नर्वे हामी क्या गर्वका साथ फिनल्यान्डको शैक्षिक स्थिति बारे चर्चा गर्छौँ। नर्वेले महिला र पुरूषमा देखाएको समानताको तारिफ गर्छौँ..!!
भर्खरै भारतको पन्जाबमा आम आद्मी पार्टीको ऐतिहासिक जीतको जसन चलिरहेछ। हामी पनि ठ्याक्कै त्यस्तै परिवर्तनको कल्पना गर्छौँ। हामीले राजनीतिक तबरले विश्व पूरै घुमिसक्यौँ। विश्वका क्यौँ देशमा हाम्रो नजर घुमिसक्योँ। हामी सजिलै विश्वमा भइरहेका गलत र सही पहिल्याउंन सक्ने भइसक्यौँ। तर आफ्नै देशलाई चिन्न सकेनौँ। देशको राजनीतिलाई बुझ्न सकेनौँ। हामी अझै पनि नेपाल बनेन, राम्रो नेताले जितेन भनेर बरबरी रूँदै, छाती पिट्दै अनि पूरना नेतालाई सराप्दै बस्न चाही छोड्दैनौँ..!!!
यो हाम्रो कमजोरी हैन, तस्बिर हो। हामीलाई पत्यार नलाग्न सक्छ हामी यस्तै छौँ। अमेरिकामा ट्रम्पले चुनाव हारोस भनेर कामना गर्न सक्छौँ। तर नेपालमा प्रचण्ड, ओली र देउवाले चुनाव हारून भन्न सक्दैनौँ। हामी सक्दैनौँ को गलत अनि को सही भनेर छुट्टाउँन। हामी फिनल्यान्डको शिक्षा उत्कृष्ट भनेर तारिफ गर्न सक्छौ। तर आफ्नै देशको शिक्षाको यो हालत देख्न सक्दैनौँ। एक फेर हात छातीमा राखेर सोचौँ न हामी कति दुरदर्शी छौँ। कति बौद्धिक छौँ। कति ज्ञानी छौँ। कति सहनशील छौँ। अर्काको देशको चुनावको हामीलाई पिर छ। तर आफ्नै देशको छैन।
बरू चुनाव कहिले आउंला र पैसा र मासु भात टन्न खान पाइएला भन्ने सपना चाँही हामी क्यौले बुनिसकेका छौँ। जसले पैँसा धेरै दियो त्यही नेताको पछाडी होमियो अनि वर्षौ नबित्दै देश बनेन भनेर आँफै करायोँ। यस्ता क्यौँ छन् हाम्रो समाजमा। यिनीहरूलाई भन्ने त्यही राम राम हो। हामी यस्तो दर्शक भयौँ जसले डिस्कोभरी (। Discovery) च्यानल हेर्दै गर्दा- मृगको पछि परिरहेको बाघलाई देखेर भगवान पुकार्दे हात जोडेर बाघले मृग नमारोस भनेर कामना गर्छौ अनि एकैछिनमा बाहिर निस्किएर खसी काटँरे भतेर लगाउँछौ। हामी यस्तै हौँ।
ट्र्म्पले हारोस, बिडेनले जितोस,मोरिसनले जितोस, जस्टिनले जितोस, भनेर कामना गर्न छोड्दैनौँ। तर आफ्नै देशको राजनीति भने जसो भए पनि ठिकै छ त। कुनै पनि मुलुकका नेता अनि जनता र हामी बीच के फरक छ थाहा छ..?? - क्षमताको फरक छ। हामी संग खराबलाई खराब हो भन्न सक्ने क्षमता छैन। गल्ती गरेपछि गल्ती गरे भनेर स्वीकार्न सक्ने हिम्मत छैन।
हामी अरूका देशको परिवर्तन देखेर गज्जबै खुशी हुन सक्छौ तर हाम्रो धरातल कमजोर भएको देख्न सक्दैनौँ। जब सम्म जनताले सही र गलत नेता छुट्टाउँन सक्दैनन् तब सम्म देश गलत दिशामा अगाडि बढिरहन्छ। हामी संग पनि सयौँ गलत नेता छन्। हजारौँ गलत सरकारी कर्मचारी छन्। हजारौँ गलत शिक्षक छन्।
अनि लाखौँ गलत जनता छौँ। एउटा नेता र साधरण जनता बीच केवल मतको मात्र फरक हुने हो र..??
यस्सौ सोचौँ न देश बारे, राजनीति बारे अनि यी राजनीतिज्ञ बारे। मुटु भारी हुँदैन..?? मन जल्दैन..??
आँखमा देशको माटो झलझली आउँदैन..?? पैतलाहरू काँप्दैनन्..?? हातहरू काँप्दैनन..??
यस्सौ सोचौँ न..!! थाहा छ अरू र हामी मा के फरक छ ..?? अरू काम बढि गर्छन, गफ थोरैँ हामी गफ धेरै गर्छौँ, काम थोरैँ…!!!
यो देश बनाउंने ठेक्का कुनै ठेकेदारले लिएको छैन। कुन पनि देश जनताको चाहाना अनुरूप बन्ने हो। हामीले कस्तो देश बनाउँने भन्ने खाका हाम्रो एक मतले गर्छं। चुनाव आइरहन्छ, नेता आइरहन्छ तर तपाईँको स्वाभिमान सधै भरि तपाईं संग नरहन सक्छ।