२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सुनको मुल्य प्रतितोला रु ४०० ले बढ्यो 

मंगलवार , कार्तिक १८, २०७७

काठमाडौं, १८ कार्तिक । 
चालु हप्ताको पहिलो २ दिन स्थिर रहेको सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको छ । महासंघले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय तोकेको छ । 

स्थानीय बजारमा आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि मंगलबार सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २ सय १० पुगेको महासंघले जनाएको छ ।