२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

प्रहरीद्वारा अवैध सामान र २२ वटा पाडा बरामद

बुधवार , कार्तिक १९, २०७७

भैरहवा, १९ कार्तिक । 
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको २२ वटा पाडा प्रहरीले बरामद गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ भरवलियाबाट प्रहरी सहायक निरीक्षक मान बहादुर नेपालीको कमाण्डमा खटिएको टोलीले बुधबार ३ लाख ७४ हजार बराबरको पाडा नियन्त्रणमा लिएको हो । 

पाडा नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए ।

त्यस्तै नेपालतर्फ भन्सार छली चोरी पैठारी निकासी गरी ल्याउँदै गरेको प्याज, मटर दाल, मटर, डोरी, काजु, साडी, लेडिज पर्स, टप्स सेट, दुध पाउडर, बदाम, खेलौना प्रहरीले बरामद गरेको छ । ५० हजार २ सय बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।