२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पार्टी एकतामा जोड 

शनिवार , कार्तिक २२, २०७७

बुटवल, २२ कार्तिक ।  
पुष्पलाल मित्रता केन्द्र नेपालको आयोजनामा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्या र समाधानको प्रश्न’ विषयक अन्तरसंवाद कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यद्वय डा. विजय पौडेल र वामदेव क्षेत्रीले पार्टीमा देखा परेको समस्या र समाधानका बारेमा प्रमुख वक्ताका रुपमा आ–आफ्ना धारणा राखेका थिए । 

कार्यक्रममा डा. शिव प्रसाद पौडेल, क्रषि आजाद, मातृका यादव, दिनमणि भट्टराई, खेमप्रसाद पाण्डे, नारायण प्रसाद खनाल, पुरुषोत्तम घिमिरे, रामप्रसाद बञ्जाडे लगायतले वर्तमानमा देखा परेका  नेपालको कम्युनिष्ट आन्दोलनका समस्या र समाधानका बारेमा आफ्ना भनाइ राखेका थिए । 

पुष्पलाल मित्रता केन्द्र नेपालका केन्द्रीय सदस्य अधिवक्ता  बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा  विषय प्रवेश सिद्धिचरण भट्टराई, स्वागत मन्तव्य युवराज न्यापाने र कार्यक्रमको सञ्चालन गुनाराम घिमिरेले गरेका थिए ।

सो अन्तरसंवादको मूल उद्देश्य नेकपाको एकतालाई बलियो बनाउनुपर्नेमा रहेको र वक्ताहरु सबैले पार्टी एकताको पक्षमा दृढतापूर्वक खडा हुनुपर्ने बताएका थिए । 

कार्यक्रममा प्रमुख वक्ता एवं सहभागीहरुबाट व्यक्त विभिन्न विचारलाई संश्लेषण गरी वामपन्थी नेता पुरन गुरुङले निचोड प्रस्तुत गरेका थिए । 

पुष्पलाल मित्रता केन्द्रको रुपन्देही कमिटी गठन

यसै बीच शनिबार नै पुष्पलाल मित्रता केन्द्र नेपालमा आवद्ध हुन इच्छुक व्यक्तिहरुको उपस्थितिले वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंको अध्यक्षतामा रुपन्देही जिल्ला कमिटी चयन गरेको छ । 

सो कमिटीकोे उपाध्यक्षद्वयमा खेमप्रसाद लुइटेल र रामप्रसाद बञ्जाडे (टंकमणि), सचिवमा गुनाराम घिमिरे, सह–सचिवद्वयमा लोकनाथ पाण्डे र सरिता श्रीस, सदस्यहरुमा अविराम विक, टंक पोखरेल, जीवलाल अर्याल, रामप्रसाद आचार्य र कृष्ण रणपाल चयन भएका छन् । 

त्यसै गरी सल्लाहकारहरुमा पुरुषोत्तम घिमिरे, सिद्धिचरण भट्टराई, गोविन्द केसी, गणेश घिमिरे, ऋषि आजाद, युवराज न्यौपाने र शिव प्यासी चयन भएका छन् । 

भेलामा नेकपाका केन्द्रीय सदस्यद्वय डा. विजय पौडेल र वामदेव क्षेत्री घिमिरेको विशेष उपस्थिति रहेको थियो । पुष्पलाल मित्रता केन्द्रको विधान अनुसार कमिटीलाई पूर्णता दिने अधिकार पनि भेलाले गठित समितिलाई दिएको छ ।