images

शुक्रवार, बैशाख १४ गते २०८१

भैरहवामा आठौं लुम्बिनी महोत्सव मंसिर २३ देखि पुस ४ सम्म 

भैरहवामा आठौं लुम्बिनी महोत्सव मंसिर २३ देखि पुस ४ सम्म 

images
images
images
सोमवार, बैशाख १९ २०७९
सोमवार, बैशाख १९ २०७९
  • भैरहवामा आठौं लुम्बिनी  महोत्सव मंसिर २३ देखि पुस ४ सम्म 

    भैरहवा, १९ वैशाख ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म भैरहवामा हुने भएको छ ।

    images

    ‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिने संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार सिद्घार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा क्षेत्रमा पहिलो पटक वि.सं. २०६१ सालमा सफलतापूर्वक मेला महोत्सव सञ्चालन गरेको थियो ।

    त्यसपछि  प्रत्येक दुई वर्षमा वि.सं. २०६३, २०६५, २०६७, २०६९ सम्म  लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरिदैं आएको उनले बताए ।

    त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय मेला एवं कृषि, औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सव–२०७१ र सातौं लुम्बिनी महोत्सव २०७५  सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij