
बुधवार , मंसिर ३, २०७७
भैरहवा, ३ मंसिर ।
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी २६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अन्याय भष्टाचारविरुद्ध युवा समाजसेवीहरु नामक कार्यक्रममा नेपाली कांग्रेससहित अन्य पार्टी परित्याग गरी २६ जना नेकपामा प्रवेश गरेका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ मा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रियसभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले उनीहरुलाई पार्टीमा प्रवेश गराए ।
नेकपामा प्रवेश गर्नेहरुमा डा. इजहार खान, ई. मोहम्मद जहिर, ई. विजय यादव, ई. रविन्द्र यादव, धिरेन्द्र यादव, ई. अतार्रहमान मुसलमान, ई. प्रदिप यादव, फिरोज अहमद, दिनेश राव, मोहम्मद युसुफ मुसलमान, अमरदिप लोध, जोगिन्द्र प्रसाद लोध, शाहिद अन्सारी, शहाबुद्दिन मुसलमान, शलाहुद्दिन मुसलमान, रामवृक्ष कोहार, अनिल कुमार यादव, रामवहाल यादव, फूलचन्द्र यादव, लिलाधर उपाध्याय, प्रदिप यादप, समिमोहम्मद तेली, मोहम्मद सोयब मुसलमान, सहाबुद्दीन दर्जी, श्याम यादव र महबुल्लाह मुसलमान रहेका नेकपा गैडहवा गाउँपालिका कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ इञ्चार्ज सन्दिप गुप्ताले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खिमलाल भट्टराईले वर्तमान नेकपा नेतृत्वको सरकारले लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताए । उनले लुम्बिनीको विकाससंगै स्थानीयको विकासमा पनि जोड दिनुपर्ने बताए । नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज समेत रहेका भट्टराईले बेरोजगारी, सिंचाई जस्ता समस्याको समाधानका लागि आफुले निरन्तर पहल गर्दै आएको बताए ।
त्यस्तै पार्टीका युवा नेता हजरत बेलालले नेकपा नै सबै क्षेत्रलाई समेटेर मुलुकको विकासमा समर्पित भएको बताए ।
नेकपा लुम्बिनी सांस्कृतिक नगरपालिकाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता, पार्टीका नेता कासिम खानको स्वागत तथा सन्दिप गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij