images

शुक्रवार, बैशाख १४ गते २०८१

शुद्धोधन गाउपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, कृषि र पुर्बाधार बिकासमा जोड

शुद्धोधन गाउपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, कृषि र पुर्बाधार बिकासमा जोड

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • शुद्धोधन गाउपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, कृषि र पुर्बाधार बिकासमा जोड


    असार ८ गते । रुपन्देहीको सुद्वोधन गाउँपालिकाले आगामी बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुद्वोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले आर्थिक बर्ष २०७९/०८० का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि,पुर्बाधार र पर्यटन बिकासलाई बढि जोड दिईएको छ । विकासका सबै भौतिक पूर्वधार एवम मानवीय क्षमता विकास गरी समृद्ध आधुनिक र सुन्दर गाउँपालिका बनाउदै सु–शासन, गरीबि निवारण एवम रोजगारीको सुनिश्चिततामा योगदान पुर्‍याउने गाउँपालिकाको दीर्घकालिन सोच रहेको बताइएको छ ।

    images

    कृर्षि तर्फ

    एक वडा एक बाली पकेट क्षेत्र कार्यक्रमलाई प्राथमिकताका आधारमा अगाडि बढाईनेछ,सिर्चाँइलाई व्यवस्थित गर्न भैलुभुज तथा डिप वोरिङ्गका वोरिङ्गमा लाग्ने विद्युत महशुलमा २०% छुट दिने नीति बनाईने तथा अन्य योजना अन्तर्गतका सिचाँइ नहर तथा कुलोहरुलाई मर्मत गरी थप व्यवस्थित गरिने छ। रसायनिक मलको समस्यालाई न्युनिकरण गर्न किसानलाई जैविक .खेती तथा जैविक मल बनाउन प्रोत्साहन गरिने छ । किसानलाई उत्पादनमा आधारित प्रोत्साहान अनुदानको व्यवस्था गर्ने जसको लागि प्रत्येक वडामा कृषि संकलन केन्द्र निर्माण गर्ने साथै संचालनमा नआएका कृषि संकलनलाई आवश्यक प्रक्रिया पुरागरी संचालन गरिनेछ ।

    एक घर एक फलफूल कार्यक्रमलाई अगाडि बढाईनेछ।विभिन्न तरकारी बालिहरुको उत्पादन बढाउन तथा लागत कम गर्न प्लाष्टिक मल्चिङ कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाईनेछ । गाँउपालिकामा संचालित हाटवजारहरुको उचित अनुगमन तथा मुल्याङकन गरी स्तरोन्नती गरिनेछ।विभिन्न वालीहरुको उत्पादन बढाउन सिजन अनुसार ५०% अनुदानमा विभिन्न खाद्यान्न तरकारी दलहन तथा तेलहन वालिको उन्नत विउहरु वितरण गरिनेछ । कृषि यान्त्रिकरणलाई प्राथमिकता दिईनेछ । कृषकको चाहना अनुसार कृषकको मागमा आधारित कृषि कार्यक्रम संचालन गरिनेछ । तरकारी विषादी न्युनिकरण गर्न कार्ययोजना बनाई कार्यक्रम संचालन गरिनेछ । व्यवसायिक तरकारी फलफूल, मौरी तथाच्याउ खेतिमा प्रोत्साहन गर्ने नीति ल्याइने छ । कृषक दर्ता तथा तथ्याङक अध्यावधिक कार्यक्रमलाई अगाडि बढाईनेछ । एक वडा एक प्राविधिक राष्ट्रिय नीतिलाई अवलम्वन गरिने छ । अर्गानिक तरकारी एवम फलफूल उत्पादनमा जोड दिईने छ ।

    पशुसेवा तर्फ

    शुद्धोधन गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन व्यवसायिक पशुपंक्षी पालक कृषकलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने छ । पशुबाट मानिसमा सर्ने रोगहरु फैलिन नदिन सचेतना मुलक कार्यक्रम संचालन गरिने छ।घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न “घाँस विकास कार्यक्रमलाई“जोडदिईनेछ ।यस गाउँपालिका भरिका कृषकहरुले पालन गर्दै आएका सबै पशुहरुमा खोप कार्यक्रम संचालन गरी “पूर्णपशुखोपयुक्त”गाउँपालिका बनाउन कार्यक्रम संचालन गरिने,किसानलाई व्यवसायिक बनाउन तालिम कार्यक्रम संचालन गरिने छ । एक वडा एक उत्पादन कार्यक्रमलाई जोड दिइने छ । पशु स्वास्थ्य, बाझोपना न्युनिकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम संचालन गरिने ,पशु नश्लसुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने ,मासु तथा दुग्ध पसल संचालन तथा सुधारमा प्रोत्साहन गरिने छ ।कृषि तथा पशुपालन क्षेत्रमा लगानि बृद्धिगर्ने नीति अवलम्बन गरिने छ  ।

    कृषि तथा पशुपालन गर्ने युवा कृषकलाई प्रोत्साहन गर्ने नीति लिईने छ  । उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई क्रमसः लागु गर्दै लाने नीति अवलम्बन गरिने छ । पशु सेवाका प्राविधिकहरुलाई क्रमश वडा वडामा पठाई कार्यक्रम संचालन गरिने छ । पशु उत्पादनको बजार व्यवस्था मिलाउन कार्यक्रम संचालन गरिने छ । पशुपंक्षी पालन कार्यक्रमलाई व्यवस्थित बनाउन अनुदानका कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ। रेविज रोग नियन्त्रण गर्न सामुदायिक छोडुवा कुकुर बन्ध्याकरण तथा खोप संचालन गरिने छ । पशु र कृषि विमा पुर्ण रुपमा लागु गर्न आवश्यक व्यवस्था मिलाईने छ । गाउँपालिका भित्र छाडा पशुचौपायाहरुबाट हुने हानी नोक्सानी रोक्नका लागि आवश्यक जग्गाको व्यवस्थापन गरी गौशाला निर्माणमा जोड दिइने छ ।

    शिक्षा तर्फ

    गुणस्तरीय शिक्षा शुद्धोधनको प्रतिबद्धता भन्ने मूल नारा सहित सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवश्यक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ, अनुगमन तथा निरीक्षणलाई प्रभाबकारी बनाइनेछ । विद्यालय शान्ति क्षेत्रको अवधारणालाई लागु गरी कार्यान्वयनगरिने छ । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सूचना तथा संचार प्रविधि सम्बन्धीशिक्षकको क्षमता विकास र पुर्णताजगी तालिम दिई कक्षा कोठामा प्रबिधि मैत्री वातावरण सृजना गरिनेछ । सामुदायिक विद्यालयमा आवश्यक शिक्षक दरबन्दी व्यवस्थापन गरी एक कक्षाकोठा एक शिक्षक कार्यक्रम क्रमशः कार्यान्वयन गरिनेछ । गाउँपालिका स्तरमा आधारभूत तहको लागि पाठ्यक्रमले निर्धारण गरे बमोजिम स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्यन गरिने छ ।

    विद्यालयमा नियमित उपस्थित नहुने, कक्षा छाडने, कक्षा दोहोराउने तथा विद्यालय  छाडने जस्ता शैक्षिक क्षति न्यूनिकरण गर्नका लागि सबै विद्यार्थी नियमित विद्यालय आउने वातावरण सृजना गरी  शैक्षिक सुधारका लागि अभिभाबक शिक्षा कार्यक्रमलाई समेत विषेश जोड दिइनेछ ।

    बाल बालिकामा अन्तर निहित क्षमताको प्रस्फुटन गराइ प्रतिभाको खोजी तथा पहिचान गरी थप प्रोसाहन गर्नको लागि विद्यालय तथा गाउपालिका स्तरमा बिभिन्न बिधामा अतिरिक्त क्रियाकलाप  संचालन कार्यलाई निरन्तरता दिई शुद्धोधन शैक्षिक महोत्सव संचालन गरिने छ । सामुदायिक विद्यालयमा ९५ प्रतिशत भन्दा बढी उपस्थित भइ उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने कार्यको थालनी गरिनेछ । गाउँपालिका स्तरीय शैक्षिक नीति तथा योजना निर्माण गरी क्रमिक रुपमा कार्यान्वयन गरिनेछ । विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको पारिश्रमिकका लागि तोकिएको अनुदान ल्याई निरन्तरता दिईने छ । गाउँपालिका भित्र संचालित विद्यालयहरुमा एकरुपता हुने आबधिक परीक्षा तथा आधारभूत तह उत्तीर्ण परीक्षा गाउँपालिका स्तरमा संचालन तथा ब्यवस्थापन गरिनेछ ।अन्य क्षेत्रका नमुना विद्यालयहरुले गरेका शिक्षण सिकाईका असल अभ्यास कार्यान्वयनको लागि सरोकारवालासहितको शैक्षिक अवलोकन भ्रमण अनुशरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक क्रियाकलाप तथा सिकाइ प्रकृया सुधार गर्दै लगिनेछ ।विद्यालयको समग्र शैक्षिक उपलब्धि र विषयगत सिकाइ उपलब्धि बृद्धि गर्ने सम्बन्धमा सबै समुदायिक विद्यालयका प्रधानाध्यपकहरुले गाउँपालिका शिक्षा शाखासँग र सबै विषयगत शिक्षकहरुले प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ ।

    विद्यालयमा संचालन हुने सबै आबधिक परीक्षाको नतिजा प्रकाशन पछि नतिजा समिक्षा गरी विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, विषयगत शिक्षक, शिक्षा शाखा तथा सामाजिक विकास समिति बिच सिकाइ उपलब्धि सम्बन्धमा छलफल गरी नतिजा सुधार कार्यको थालनी गरिनेछ । विद्यालयमा हुने भौतिक निर्माण तथा मर्मत संभार कार्यलाई विद्यालय सुधार योजनाका आधारमा व्यवस्थित गर्दै अपाङ्गमैत्री संरचना बनाइनेछ । एक वडा एक सामुदायिक माध्यामिक विद्यालय कार्यक्रम संचालन गरिने छ । भौतिक पूर्वधारको स्तरोन्नती गरी सवै विद्यालयलाई सुविधाजनक रुपमा विकास गरिने छ । आवश्यक कार्यविधि निर्माण गरी संस्थागत विद्यालयको नियमन गरिने छ । अधिकार सम्पन्न संयन्त्रको निर्माण गरी शिक्षाको प्रभावकारी अनुगमन,निरिक्षण र सुपरीवेक्षण गरिने छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी न्युनतम पारिश्रमिकको सुनिश्चिता गरिने छ ।

    गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्न शोधकर्ताहरुलाई प्रोत्साहन गरिने छ । लागत साझेदारीका आधारमा एक शिक्षक एक ल्याटप कार्यक्रम क्रमश कार्यान्वयन गरिने छ । संस्थागत विद्यालयहरुले एक शैक्षिक सत्रमा लागु गरेका पाठ्यपुस्तक (प्रकाशन) तथा विद्यार्थीसग लिने शुल्क कम्तिमा २ बर्षसम्म यथावत रुपमा लागु गर्नुपर्ने ब्यवस्थालाई निरन्तरता दिइनेछ । सामुदायिक सिकाइ केन्द्रहरुबाट संचालन हुदै आएका सीपमूलक र आयमूलक तालिमलाई व्यवस्थित गर्दै सम्बन्धित सरोकारवाला संस्थाहरुसँग समन्वय गर्दै सञ्चालनमा निरन्तरता दिइनेछ।अभिभावक लागत साझेदारीमा बाल उद्यान सहितको भौतिक पूर्वधार, खेल सामाग्री, सुरक्षा, पोषण, सिकाई सहजिकरण व्यवस्थापन गरिने छ ।

    यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधार गरी प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापन गर्न संघ तथा प्रदेशस्तरमा आवश्यक समन्वय गरिनेछ ।युवा तथा खेलकुद विकास कार्यक्रमलाई योजनाबद्ध रुपमा क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।विद्यालयको नतिजामा आधारित ससर्त अनुदान कार्यक्रम लागु गरिने छ ।यस गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरतशिक्षक, कर्मचारीहरुको एकै प्रकारको पोशाक बनाउने नीति अवलम्वन गरिनेछ ।विद्यार्थी संख्या न्युन भई शिक्षक विद्यार्थी अनुपात कम भएका विद्यालयहरुलाई क्रमशः समायोजन गर्ने नीति अवलम्वन गरिनेछ ।

    महिला बालबालिका, जेष्ठ नागरिक तर्फ

    बालबालिका, किशोर किशोरी तथा अपाङ्गताहरुको क्षमता बिकास गर्न बिभिन्न कार्यक्रमगर्ने नीति अबलम्बन गरिने छ । लक्षितवर्गका कार्यक्रमलाई सीपमुलक र उत्पादन मुलक हुने गरी लागु गरिने छ । महिला लक्षित कार्यक्रमहरु बढी प्रभावकारी बनाउन उपाध्यक्षको संयोजकत्वमा प्रभावकारी कार्यान्वयन तथा अनुगमन, मुल्याङ्कन गरिने नीति अनुशरण गरिने छ ।

    लैङ्गिक हिंसा तथा घरेलु हिंसा विरुद्ध कार्यक्रमहरु सञ्चालनगरी महिलाहरुलाई सशक्तिकरण गरिने छ । सुनौलो हजार दिनकाबालबालिकाहरुको स्वास्थ्य प्रवद्धन गरि कुपोषणमुक्त गराइनेछ । जेष्ठनागरीककालागि फूर्सदको समयमा एक ठाउँमा भेला भइ मनोरञ्जनका क्रियाकलाप  (भजनकिर्तन) गर्ने तथा अनुभव आदानप्रदान गर्नको लागि अभिप्रेरित गरिनेछ । बाल विवाह, दाइजो प्रथा विरुद्ध चेतनामूलक एवम् क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु सञ्चालन गरिनेछ । लागु पदार्थ दुर्व्यसन, चेलिवेटी बेचबिखन एवम् कुप्रथा, कुसंस्कारलाई निरुत्साहन गर्न सडक नाटकहरु सञ्चालन गरिनेछ । मानवसेवा आश्रम ,बृद्धबृद्धा आश्रम जस्ता मानवीय कल्याणका लागि विशेष सहयोग गरिने छ ।

    स्वास्थ्य तर्फ

    सबै नागरिकलाई स्वास्थ्य सेवामापहुँच वृद्धि गरी आकस्मिक स्वास्थ्य सेवा प्राथमिक स्वास्थ्य केन्द्र मार्फत उपलब्ध गराउने र स्वास्थ्य निकायहरुलाई स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गराउने माध्यम बनाईने छ । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवाको एकिकृत रुपमा विकास र विस्तार गरि संविधान र स्थानीय ऐन कानूनले निर्देश गरे अनुसारको आवश्यक नीतिगत, वित्तिय र व्यवस्थापकीय माध्यमद्धारा स्वास्थ्य क्षेत्रमा सुशासन कायम गरिने छ । स्वास्थ्य सेवा प्रदायक व्यक्ति तथा संस्थालाई नागरिकको स्वाथ्यप्रति संवेदनशील र जिम्मेवार बनाउन नियमनकारी नीति अवलम्वन गरिनेछ । नसर्ने रोगहरुको उपचारलाई प्राथमिक स्वास्थ्य सेवाको तह देखिनै व्यवस्थापन गरी प्रेषण अस्पतालसम्म पँहुच सुनिश्चित गरिनेछ । कुपोषणलाई न्यूनीकरण गर्ने र पोषण सम्बन्धि जनचेतना बढाउने छ । विद्यालय जाने उमेरका बालबालिकाहरुका स्वास्थ्य तथा पोषण प्रवर्द्धनलाई विशेष रुपले सम्बोधन गरिने छ । सुत्केरी महिला तथा कुपोषित बालबालिकाहरुको गाउँपालिका उपाध्यक्ष तथा स्वास्थ्य संस्था मार्फत अनुगमन गरी सुत्केरी आमा भेटघाट तथा पोषण कार्यक्रम संचालन गरिनेछ । आमा, नवजात शिशु, बालबालिका र किशोरीहरुको स्वास्थ्य प्रवर्दनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गुणस्तरीय नर्सिङ्ग तथा ःक्ष्म्ध्क्ष्ँभ्च्थ् क्भ्च्ख्क्ष्ऋभ्सहज, सुलभ एवं प्रभावकारी रुपमा स्थानीय  जनताको पँहुचमा पुर्याउन आवश्यक दक्ष जनशक्तिको परिचालन र बृति विकासको सुनिश्चितता गरिनेछ । महिला स्वास्थ्य स्वयसेविकाहरुलाई प्रोत्साहित गर्दै स्थानीय समुदायको टोल टोलमा स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको रुपमा विकास गर्दै समयअनुसार कार्यदक्षतामा वृद्धि गर्दै लगिने छ । सबै सार्वजनिक नीतिहरुमा स्वास्थ्यको मुद्धालाई सम्बोधन गर्न स्थानीय स्तरमा रहेका सबै क्षेत्रहरुमा स्वास्थ्यमा बहुक्षेत्रिय सहकार्य र सहयोगलाई प्रभावकारी ढङ्गबाट कार्यन्वयन गर्दै लगिने छ ।

    स्वास्थयकर्मी र सेवाग्राही वीच पेशागत सुमधुर सम्बन्धको सुनिश्चितता सम्वन्धित निकायहरुसंग समन्वय गरी स्वास्थ्यकर्मिहरुको सुरक्षाको प्रत्याभुति गर्नुको साथै आमजनसमुदायको स्वास्थ्य सुरक्षा र विरामीहरुप्रति स्वास्थ्यकर्मिहरुले निर्वाह गर्नु पर्ने पेशा धर्मिता (आचारसंहिता)को पालनालाई सुनिश्चित गरिने छ । जेष्ठ नागरिकहरुको स्वास्थ्यका समस्याहरुलाई प्राथमिक स्वास्थ्य सेवाको तह देखिनै व्यवस्थापन गरी ज्येष्ठ नागरिकको पहुँच सुनिश्चित गरिने छ । स्वास्थ्य सेवालाई प्रभावकारी, सुरक्षित, विश्वासिलो, जनकेन्द्रिततथा समतामुलक बनाउदै स्वास्थ्य सेवाको उपयोगमा बृद्धि गरि स्वास्थ्य क्षेत्रको उदेश्य प्राप्तिको लागि स्वास्थ्य सेवाको गुणस्तरियतामा अधिकतम बृद्धि गर्दै लगिने छ । ६० बर्ष पुगेका महिला स्वयम सेवीकाहरुलाई अवकाश हुदाँ सम्मान स्वरुप प्रोत्साहित गरिने छ। मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा विस्तार गरिने छ ।यस शुद्धोधन गाँउपालिकालाई २०८२ सम्ममा वालमैत्री गाँउपालिका घोषणा गरिने छ। जसकोलागि यस आ.व २०७९/८० देखि नै विभिन्न विषयका सूचकहरुलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्नकोलागि सम्वन्धित शाखाहरुलाई जिम्मेवार वनाईने छ । स्थानीय स्तरमा रहेका जनताहरुलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूती दिलाउनुको साथै यस आ.व देखि स्वास्थ्य चौंकीहरुमा हत्ताको १ पटक मेडिकल अफिसरद्वारा चेकजाँच गर्ने , सम्वन्धित स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरुलाई ज्ञान र सीपमा आधारित दक्षताको विकास गर्दे लगिने छ ।

    मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे आकस्मिक सेवाको प्रभावकारिता वृद्धि गराईने छ । गाँउपालिकाभित्र स्थायी वसोवासगर्ने अपाँङ्ग,अशक्त तथा विपँन्न नागरिकहरुलाई उपयुक्तताको आधारमा निःशुल्क स्वास्थ्य विमा गरिनेछ।साथै स्वास्थ्य विमा कार्यक्रमको पहुँच र प्रभावकारितामा वृद्धि गरिने छ ।मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भईसकेपछि कम्तिमा २ पटक घरमै पुगि स्वास्थ्यकर्मीद्वारा आमा र वच्चाको चेकजाँच तथा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गरिने छ ।

    महिला स्वास्थ्य स्वयं सेविकाको अक्षय कोषलाई थप गरि वढाईने छसाथै नयाँ स्थापना भएका स्वास्थ्य संस्थाहरु अन्तर्गत रहेका महिला स्वयम सेविकाहरुकोलागि समेत अलग्गै अक्षयकोष स्थापना गरिने छ । विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुलाई महिनाको १ पटक स्वास्थ्यकर्मीद्वारा सामान्य चेकजाँचगर्ने साथै स्वास्थ्य शिक्षालाई समेत प्रभावकारी वनाईने छ ।

    गाँउपालिका क्षेत्रभित्रका असहाय, अशक्त्त, अपाँगहरुलाई आवश्यकताको आधारमा जिल्ला भित्र निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइने छ । आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने नीति अबलम्बन गरिने छ । भित्रका सम्पुर्ण वडाहरुमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गरिदै लगिने छ । हायुर्वेद स्वास्थ्य सेवालाई जनमुखी, प्रभावकारी र सर्व शुलभ  बनाउन आयुर्वेद प्राविधिक जनशक्ति थप गरिने छ । नागरिक , असाय र अशक्त भएका नागरिकहरुलाई आवश्यकता अनुसार घरमा नै स्वास्थ्य परिक्षण र उपचार गर्ने व्यवस्था मिलाईने छ ।

    वातावरण विपद् व्यवस्थापन खानेपानी सरसफाई तथा स्वच्छता तर्फ

    वातावरण संरक्षणको लागि वैकल्पिक उर्जा (वायो ग्याँस, सुधारियको चुलो ,सौर्य उर्जा र विद्युतिय चुलो ) जडानलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।सार्वजनिक शौचालय र संस्थागत शौचालयहरु बालमैत्री, लैङ्गिक मैत्री र अपाङ्ग मैत्री बनाउने नीति अवलम्वन गरिनेछ ।खानेपानीका श्रोतहरुको संरक्षणमा ध्यान दिइने नीति अवलम्वन गरिनेछ । विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिइ अझ प्रभावकारी रुपमा परिचालन गर्ने नीति अवलम्वन गरिनेछ। बिपद् तथा जोखिम न्यूनिकरण र उद्धार कार्यका लागी पदाधिकारी तथा कर्मचारीको क्षमता अभिबृद्धि गर्दै जाने नीति अवलम्वन गरिनेछ ।

    सार्वजनिक जग्गाहरुको पहिचान गर्ने, संरक्षण गर्ने र उक्त जग्गाहरुमा सामुहिक, संस्थागत वा व्यक्तिगत रुपमा व्यवसायिक कृषि गर्न चाहने किसानहरुलाई सार्वजनिक जग्गा लिजमा दिई कृषि उत्पादन बढाउन प्रोत्साहन गरिनेछर वृक्षारोपण गर्दा फलफूल, औषधीजन्य तथा आय आर्जन हुने खालका विरुवा रोप्न प्रोत्साहन गरिनेछ।तिनाउ तथा दानव नदीको नदीजन्य पद्धार्थ व्यवस्थापन गर्दा स्थानीयलाई पर्ने क्षति कम गर्न तटबन्द गर्ने कार्यलाइ प्राथमिकता दिइनेछ ।खेती योग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिनेछ । विभिन्न कारणबाट विपद्मा परेकाहरुलाई राहत उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ । सम्पूर्ण गाउँपालिका बासिन्दाहरुमा सुरक्षित र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्दै लगिने नीति अवलम्वन गरिनेछ।उपयुक्त स्थानमा ल्याण्डफिल्ड साइटको पहिचान गरी निर्माण कार्य अगाडि बढाइने छ। साथै निर्माणाधिन शवदाह गृहलाई व्यवस्थित गरिनेछ ।

    मुख्य बजारको सरसफाइ प्रवर्द्धनका लागि निजि क्षेत्रसंग सहकार्य गर्दै अगाडि बढने नीति अवलम्वन गरिनेछ । बजार तथा मेला लाग्ने स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्दै सोको सञ्चालनको जिम्मेवारी स्थानीयलाई नै दिने नीति अवलम्वन गरिनेछ । प्लाष्टिकजन्य झोलाहरुको प्रयोगलाई निरुत्साहित गर्दै लैजाने नीति अवलम्वन गरिनेछ । साथै फाइबर झोला उत्पादन गर्ने साना उद्योगहरुलाई प्रोत्साहन गरिनेछ । विभिन्न घोला तथा कूलाहरुको सफाइ गरि ताल तलैया तथा नदी नालाहरुको संरक्षणको लागि फोहर फ्याक्ने र बिषादी राख्ने कार्यलाइ दण्डित गर्ने नीति लिइनेछ । शुद्धोधन गाउँपालिका भित्र रहेका दरवाह पार्क, समयदेवी पार्क र सियाभार मन्दिर परिसरमा वृक्षारोपण फूल तथा फलफूलका विरुवाहरु रोपण गर्ने कार्यलाई अघि बढाइने छ ।

    भौतिक पूर्वाधार विकास तर्फ

    सडक, पूर्वाधार तथा बिकास निर्माणका कामहरुमापारदर्शीता ल्याउन १५ लाख भन्दा माथिका सम्पूर्ण निर्माण  विद्युतीय बोलपत्र र दरभाउपत्र मार्फत गरिनेछ । गाउँपालिकाको सवै वडाहरु समेटने गरी चक्रपथको म्एच्यसै बर्ष भित्र तयार गरिनेछ । गाउँपलिका परिसर भित्र बगैचा निर्माणँयगलतबष्ल निर्माणलाइ बजेटको व्यवस्था गर्दै निर्माण कार्य अगाडि बढाइने छ । गाउँपालिका भित्र आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय निर्माणका लागि बजेट व्यवस्था गरिनेछ । उपभोक्ता समिति गठनमा ढिलाईलाई सुधार्दै सम्पूर्ण सम्झौताहरु हरेक वर्ष चैत्र मसान्तसम्ममा सक्ने लक्ष्य राख्दै पुजीगत खर्च बढाई दीगो बिकास तर्फ अग्रसर गरिनेछ । उपभोक्ता समितिलाई दिने तालिमका साथ साथै सिकर्मी रडकर्मी तालिम, प्राविधिकहरुलाई समेत बिभिन्न स्तरोन्नतिमुलक तालिम गराउने व्यवस्था मिलाइनेछ ।

    फराकिलो सडक, विकासको पूर्वाधार “ नारालाई उद्धितगर्दै गाउँपालिकाले एबिल बनाई सोहीअनुसार सडक निर्माणलाई प्राथमिकताको आधारमा गुणस्तरीय पूर्वाधारमा ध्यान दिदै बजेट बिनियोजन गर्ने साथै  मुख्य सडकलाइ चौडागरी  स्तरोन्नति गर्दै सहितको कालोपत्रे गरिनेछ ।नयाँ भवनको नक्शा पास र पुरानो भवनलाई नियमित प्रक्रियामा ल्याई थप कडाईका साथ नियमन गरिनेछ । ठुला योजना तथा पुल निर्माणका लागि संघीय सरकार तथा प्रदेश सरकालाई अनुरोध गरी कार्यान्वयन गर्ने नीति लिईनेछ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको प्राचिन, पुरातात्विक सम्पदाका दर्वाहा, सिहाभार लगायतका क्षेत्रहरुलाई विशेष तरिकाले संरक्षण र प्रवर्दन गरिने छ ।यस पालिकाभित्र सञ्चालनमा रहेका र हुने सडक पूर्वाधारहरुमा भै.लु.भु.ज,पालिका देखि वडा, वडा देखि वडा सम्मका सडक ३० फुट र भित्री सडक २० फुटको मापदण्ड कायम गरी कार्यान्वयनमा ल्याईने छ ।

    प्रधानमन्त्री रोजगार / सामाजिक परिचालन तथा उद्यम विकास तर्फ

    यस पालिकामा सुचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारी प्रदान गरि सार्वजनिक पुर्वाधारको विकास निर्माण संगै सामाजिक संरक्षणको प्रत्याभूति गराईनेछ । यस स्थानिय तहले सञ्चालन गर्ने योजना तथा आयोजनाहरुमा आवश्यक श्रमिकहरु पूर्ति गर्दा रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिईनेछ । गाउँपालिका तथा वडागत आयोजनाहरु प्रधानमंन्त्री रोजगार कार्यक्रमसंग साझेदारी गरि सञ्चालन गरिनेछ ।

    विभिन्न तालिम प्रदायक संघसंस्था, शाखा कार्यालयहरु तथा वडा कार्यालयहरु मार्फत भएका तालिमहरुको तथ्यांक अध्यावधिक गर्ने तथा उक्त तालिमहरुबाट भए गरेका उपलब्धिहरु संग सम्बन्धित स्वरोजार, तथा रोजगारीको चित्रण गरिनेछ । गाउँपालिकाका प्रत्येक वडामा एक महिला उद्यम केन्द्र स्थापनाको विकास गरिनेछ । विपन्न वर्ग तथा समुदायका महिलाहरुको आर्थिक श्रोत साधनमा पहुँच बढाउन आय आर्जन र महिला सशक्तिकरण कार्यक्रमहरु सञ्चालन गरिनेछ । पिछडिएका वर्ग र समुदायलाई ब्यवसायिक कृषि र लघु उद्यममा विशेष प्राथमिकता दिईनेछ।वेरोजगार युवारयुवातीलाई शिपमुलक उद्यमशिलता तालिम दिईनेछ ।

    संस्थागत विकास तथा सुशासन तर्फ

    सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शिता र जवाफदेहिता बनाउन विद्युतीय शासनको अवधारणा कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधिको अनुसरण गर्दै लगिनेछ । यस शुद्धोधन गाउँपालिकाले अन्य पालिका तथा अन्य विदेशी संस्थाहरुसँग कृषि एवम् पर्यटन क्षेत्रको विकासका लागि भगिनी सम्बन्ध कायम राख्ने नीति अवलम्बन गरिनेछ ।

    “न्याय सम्पादन ढिलो हुनु,न्याय नपाउनुसरह हो“ भन्ने कानूनी सिद्धान्तलाई अंगिकार गर्दै शुद्धोधन गाउँपालिकाको न्यायीक समितिबाट छिटो ,छरितो र सर्वसुलभ न्याय सम्पादन गर्ने कार्यलाई विशेष जोड दिईनेछ ।कानूनको अज्ञानता क्षम्य हुदैन भन्ने कानुनी सिद्धान्तलाई मध्यनजर गर्दै शुद्धोधन गाउँपालिकाका ग्रामिण क्षेत्रमा सर्वसाधारणमा कानून सम्वन्धी जानकारी गराउन कानूनी सचेतनाका कार्यक्रम संचालन गरिनेछ ।
     
    जन्म, मृत्यु, वसाई सराई, विवाह र सम्बन्ध विच्छेद, जस्ता घटना दर्ता कार्यलाई अझ प्रभावकारी रुपमा अनलाइन माध्यमलाई निरन्तरता दिइने छ।सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ् प्रणाली मार्फत वितरण गरिएको छ। यसलाई अझ छिटो छरितो र व्यवस्थित गरिनेछ।नागरिकलाई सहज, छिटो, छरितो सेवा पु¥याउन सबै विषयगत शाखाहरुको सुदृढीकरण गर्न आवश्यक कार्ययोजना निर्माण गरी कार्यान्वयनलाई निरन्तरता दिइनेछ । प्रत्येक वडा कार्यालय र गाउँपालिकामा कम्तीमा वर्षको एकपटक सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी पारदर्शिता कायम गरिनेछ।साथै सामाजिक परिक्षणलाई निरन्तरता दिइनेछ । मानव अधिकारको प्रवर्द्धन, सहिष्णुता र सदभाव ,सामाजिक न्याय कायम राख्न न्यायिक समिति र मेलमिलाप केन्द्रहरुको कामकारवीलाई थप प्रभावकारी बनाईदै लगिने छ ।
     
    सार्वजनिक, निजि र सहकारी  मार्फत स्थानीय स्रोत र साधनलाई परिचानल गरी दीगो विकास गर्ने तर्फ ध्यान दिइने छ । यस गाउँपालिका अन्तरगतका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सुचना प्रविधि सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिनेछ । कर्मचारी तथा जनप्रतिनिधिहरुले यस गाउँपालिकामा सेवा प्रवाहमा मुस्कान सहितको भन्ने नीतिको अवलम्वन गरिने छ । कर्मचारी र जनप्रतिनिधी जनताका सेवक हुन् भन्ने अनुभुति हुने गरी कामप्रति उत्तरदायी बनाई कार्य सम्पादनका आधारमा प्रोत्साहित गरिनेछ । नागरिकको आयस्तर वृद्धि गर्न विभिन्न किसिमका सीपमूलक र आयआर्जन तालिम कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।

    गाउँपालिका अन्तर्गतका निकायहरुबाट प्रदान भए गरेका सेवा सम्बन्धमा सहजिकरण गर्न समितिबाट नियमित अनुगमन गरिनेछ । शान्ति सुरक्षा कायम गर्न, अबैध कारोवार न्युनिकरण गर्न तथा आवश्यक ठाउँहरुमा नियमित अनुगमन गरी कारवाही गर्न नगर प्रहरीको क्षमता अभिवृद्धि गरी गाउँपालिकाको विकास निर्माण र नीति नियम कार्यान्वयनमा खटाईने छ।सहकारी संस्थाहरुको क्षमता विकास गर्न विभिन्न किसिमका तालिम संचालनको लागी आवश्यक बजेटको व्यवस्था मिलाइने छ । करको दायरामा आउनुपर्ने तर अझैसम्म नआएको व्यक्ति, निकाय वा संस्थाको तथ्याङ्क संकलन गरि सोही आधारमा दर्ता तथा कारवाहिको प्रक्रियालाई अगाडि बढाइने छ ।

    एकीकृत बजार अनुगमनलाई अभियानकै रुपमा गाउँपालिका भरि संचालन गरिने छ।इन्टरनेट र अनलाइनको माध्यमबाट सफ्टवेयर प्रोगाम जस्ता अदृश्य सेवाहरुको कारोबार गर्ने तर करको दायरामा नआउने प्रवृत्ति देखिएको छ । सम्बद्ध निकायसँग समन्वय गरि करको दायरामा तत्काल ल्याइने छ। करलाई सेवा प्रवाह सँग जोडि असुल गर्न पहल गरिने छ। व्यवसाय दर्ता र नविकरणलाई प्रभावकारी बनाउन आवश्यक प्रचार प्रसार गरी सूचिकृत गरिने छ।

    टोल विकास संस्था स्थानीय क्लब लगायतका अनौपचारिक क्षेत्रको भुक्तानि गर्दा बार्षिक लेखा परिक्षण प्रतिवेदनलाई अनिवार्य गरिनेछ ।त्यस्ता संस्थालाई बौंकिङ्ग प्रणाली मार्पत भुक्तानी गरिनेछ।स्थानीय नागरिकहरुलाई सहज रुपमा कर तिर्ने बानीको विकास गर्न जनचेतना अभिवृद्धि गरिने छ। करको दर बढाउने भन्दा पनि नयाँ नयाँ करका क्षेत्रहरुको पहिचान गरि करको दायरालाई बढाउदै लगिने छ । राजश्व सङ्कलन क्षमता अभिवृद्धिको लागि प्रत्येक आ.व.मा बढि कर तिर्ने व्यक्ति र संस्थालाई कर दिवसको अवसरमा गाउँपालिकाबाट औपचारिक कार्यक्रम आयोजना गरी सम्मानित एवम् प्रोत्साहित गर्दै लगिने छ ।

    आन्तरिक लेखापरीक्षण सम्बन्धी वार्षिक योजना बनाई एक आ.व.मा त्रैमासिक रुपमा आन्तरिक लेखापरीक्षण गरिने व्यवस्था मिलाइनेछ । लेखा परीक्षणका सर्वमान्य सिद्धान्त नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारीतालाई केन्द्रबिन्दुमा राखि आन्तरिक लेखापरीक्षण गरिने छ ।साथै स्थलगत लेखापरिक्षण गरिने छ । आर्थिक कारोवारसँग सम्बद्ध कुनै कर्मचारीको सरुवा वा सेवानिवृत हुँदा अनिवार्य रुपमा लेखापरीक्षण गरेर मात्र रमाना÷अवकाश पत्र दिइनेछ ।

    कार्यालयबाट सम्पादन गरिने कार्यमा मितव्ययिता, प्रभावकारीता, नियमितता र कार्यदक्षता ढङ्गबाट सम्पादन गर्ने, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनिय बनाउने तथा प्रचलित कानुन बमोजिम कार्यसम्पादन गर्ने अवस्था सुनिश्चितता गर्न गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, द्दण्ठड कार्यान्वयनमा लगिने छ । कर्मचारीहरुको पेशागत व्यवसायिक दक्षता अभिबृद्धि गरिने छ । कर्मचारीहरुको उत्प्रेरणा र मनोबल उच्च राख्न प्रोत्साहित गर्दै लगिनेछ ।
     
    वेरुजुलाई कम गर्दै क्रमशः शुन्य वेरुजुको नीति अवलम्वन गरिनेछ। पुराना वेरुजुहरु असुलउपर र फछ्र्यौटमा जोड दिइने छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना गरि खरिद प्रकृयालाई पारदर्शी र प्रतिस्पर्धी बनाइने छ। विद्युतीय खरिद प्रकृयालाई निरन्तरता दिइने छ । गाउँपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा प्रवाहमा नागरिकको सहज पहुँचको व्यवस्था मिलाइने छ।भूमि सम्बन्धी समस्या समाधान आयोगको (भूमिहीन दलित/भूमिहीन सुकुम्बासी/अव्यवस्थित बसोबास) कार्यक्रमलाई निरन्तरता दिइनेछ। सबै नागरिकहरुको जानकारीका लागि गाउँपालिका र वडा कार्यालयमा Digital नागरिक वडापत्र अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ । गाउँपालिका क्षेत्रभित्र एकिकृत जिन्सी प्रणालीको अवलम्वन गरिने छ।एब्ःक् को प्रयोग गर्दै विद्युतिय जिन्सी प्रतिवेदन प्रणालीको अनुसरणलाई निरन्तरता दिइने छ ।

    आ.व २०७९/०८० बाट सुत्रख प्रणालीको माध्यमबाट खरिद व्यवस्थापनका कार्यहरु गर्नुका साथै इ भुक्तानी लागु गरी चेकरहित गाउँपालिकाको रुपमा विकसित गरिने छ। नागरिकहरुको गुनासो सुन्ने अधिकारी मार्फत तत्कालै गुनासो सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।शुद्धोधन गाउँपालिकालाई केन्द्र मानि इलाका प्रसाशन कार्यालय , ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी स्थापनाको लागि पहल गरिनेछ ।सूचनाको हक प्रत्येक नागरिकको पहुचसम्म पुर्‍याउने नीतिलाई निरन्तरता दिइनेछ ।गाउँपालिकाको क्षेत्रभित्र संचालन हुने कार्यक्रमको गुणस्तरीयता र प्रभावकारिताको लागि लेखा समितिलाई थप सक्रिय बनाइनेछ । पेश्की दिने कार्यलाई निरुत्साहित गर्दैठेक्का र उपभोक्ताबाट हुने कार्यहरुमा कार्यसम्पादनमा आधारित रनिङ्ग बिलको भुक्तानि दिईने निति तथा कार्यक्रममा उल्लेख छ ।
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij