२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

यदि म मरे भने भोलि के होला ?

बुधवार , आषाढ १५, २०७९

– सरोज सुनार

यदि म भोलि मरे भने के होला?
को खुशी होला अनि को रोला?

साँच्चै मेरी आमाले के गर्लिन्?
छाती पिट्दै चिच्चाउलिन् कि मुर्छापर्लिन् ?

मेरा बालाई कस्तो पिर पर्ला ?
ओठबाट हासो खुशी रित्तिएला कि आँखाबाट आँसु झर्ला ?

यदि म भोलि मरे भने के होला ?
को खुशी होला अनिको रोला?

सात जन्म साथ दिन्छु भनेर अग्निको सात फन्को लगाएर सात महिना अगाडि ल्याएकी उनीमा के बित्ला?
मेरै सम्झनामा जीवन सादा बनाउँलिन् कि अरु कसैले मन जित्ला ?

दाइ जस्तै बन्नी हो भन्ने भाइले कस्को हात समाउँला ?
निरन्तर जीवन अगाडि बढ्ला कि मैले थुपारी दिएको जिम्मेवारीले अल्झाउला?

यदि म भोलि मरे भने के होला?
को खुशी होला अनिको रोला ?

मेरा गाउँ, टोल, घर छिमेकमा कस्तो हल्ला चल्ला ?
ए मरेछ बिचरो भन्लान् कि गाउँ नै शोकाकुल बन्ला ?

बिरामी हुँदापनि बिरामी बन्न नदिने मेरा साथीहरुले के गर्लान् ? 
मेरो शवको अघि पछि गर्लान कि सधै जस्तै बाहाना बनाएर टार्लान् ?