
शनिवार , मंसिर १३, २०७७
भैरहवा, १३ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ को वडा भेला सम्पन्न भएको छ । भेलाले भिन्नु मुसलमानको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश भर, सचिवमा अब्दुल हकिम र कोषाध्यक्षमा अब्दूल लतिफ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा काशी यादव, रम्मल चमार, चिनक यादव, अब्दुल शेष, अब्दुल कलाम, राम किशोर मुराव, राजेश चाई, सोमई मुराव र ठुगगुर यादव रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य गंगाराम जैसवालले पछिल्लो समय राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij