
सोमवार , मंसिर १५, २०७७
भैरहवा, १५ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भएका नेताहरुलाई केन्द्रीय कार्यालयबाट प्राप्त मनोनयनपत्र प्रदान गरेको छ ।
भैरहवामा आयोजित कार्यक्रममा पार्टीको एकतापश्चात केन्द्रीय अध्यक्षद्वारा मनोनित केन्द्रीय सदस्यहरुलाई राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले मनोयनपत्र हस्तान्तरण गरे । सो अवसरमा राणाले आगामी महाधिवेशनमा केन्द्रीत भइ पार्टी संगठन विस्तार अभियानलाई तीव्रता दिन निर्देशन दिए ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ओमसतिया गाउँपालिका वडा नम्बर १ र ३ का करिब ४ दर्जन युवाहरुलाई राप्रपामा प्रवेश गराइएको पार्टीका रुपन्देही उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए । पार्टीका युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij